spot_img

मेयरमा साह र उपमेयरमा डंगोलको फराकिलो मतान्तर, यस्तो छ नयाँ परिणाम

spot_img

काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो मतान्तर बनाएका छन्। सुरुदेखिनै अग्रता कायम गरेका बालेन्द्रले शनिबार बिहानसम्म ३२ हजार ७८ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार २५३ मत प्राप्त गरेका छन्। बालेन्द्रले केशवलाई १४ हजार ८२५ मतले लिड गरिरहेका छन्। गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १७ हजार १०८ मत प्राप्त गरेकी छन्।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ३१ हजार ८४२ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १० हजार ९७९ मत प्राप्त गरेका हुन्। सुनिताले रामेश्वरलाई २० हजार ८६३ मतले लिड गरिरहेका छन्। उनले पनि सुरुदेखिनै मतान्तर बढाएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img