spot_img

किशोरी बलात्कार प्रकरण, छानविन समितिले काम अघि बढायो

spot_img

काठमाडौं, सौन्दर्य प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौन हिंसाको घटनामाथि अनुसन्धान प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ।गृहले छानविन समिति गठन गरी काम सुरु भइसकेको जनाएको हो। घटनाको सन्दर्भमा अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेको छानविन समितिले काम अघि बढाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न मन्त्रालयले अनुरोधसमेत गरेको छ।सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शनसमेत भएको छ। पीडितले घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन्।

‘बलात्कारीलाई सजाय दे’, ‘दोषीलाई कारबाही गर’, ‘बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर, ’बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर, ‘बलात्कारी होस् तँ’ भन्दै लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने, पुँजीवादी पितृसत्ता मुर्दावादलगायतका नारा लगाएका थिए।अन्नपूर्णबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img