डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा र उपमेयर छिरिङ टाेल्मा महतले पदभार ग्रहण गर्नुभएकाे छ । साेमबार नगरपालिकाकाे कार्यालय जुफालमा दुवैले पदभार ग्रहण गर्नुभएकाे हाे ।
पदभार ग्रहण गर्दै नगर प्रमुख बुढाले “स्वस्थ नगरपालिका,सुखी नगरवासी”काे नारालाइ साकार पार्न नगरले एम्बुलेन्स खरिद गर्ने देखि स्वास्थ्य क्षेत्रमा कुल बजेटकाे २५% खर्च गर्ने पहिलाे निर्णयमा हस्ताक्षर गर्नुभएकाे छ । स्वाथ्यलाइ पहिलाे प्राथमिकतामा राखेर बजेट विनियाेजन गर्ने देखि एम्बुलेन्स किनेर कडा राेगका विरामीलाइ उपचारका लागि जिल्ला अस्पतालसम्म पुर्याउने र आवश्यक थप उपचारका लागि नेपालगंज देखि काठमाडाैँसम्म पुर्याउन एम्बुलेन्स खरिद गर्ने निर्णय गरेकाे नगर प्रमुख बुढाले जानकारी दिए ।


















