काठमाडौं, महानगरपालिकाको हालसम्मको मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५१ हजार १८५ मत प्राप्त गरेका छन्। एक लाख ५४ हजार ९४६ मत गन्दा अन्य उम्मेदवारको तुलनामा उनी १९ हजार बढी मतले अगाडि छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२ हजार ७९ मत पाएकी छन् भने नेकपा एमालेका केशब स्थापितले ३१ हजार २९२ मत ल्याएका छन्। काठमाडौं महानगरमा करिब १ लाख ९० हजार मत खसेकोमा हालसम्म एक लाख ५४ हजार ९४६ मत गणना भइसकेको छ।