ठुलीभेरीका मेयर श्वबर्ण कुमार बुढाको नेतृत्वमा जुफाल बजारमा पहिलो चरणको सरसफाइ कार्यक्रम सम्पन्न
डाेल्पा,डाेल्पाकाे ठुलीभेरी नगरपालिकाका मेयर श्वबर्ण कुमार बुढा नेतृत्वमा नगरपालिकाको कार्यालय रहेको जुफाल बजारमा पहिलो चरणको सरसफाइ कार्यक्रम सप्पन्न भएको छ ।सरसफाइ कार्यक्रममा नगरपालिकाका मेयर, 8 नम्बरका वडा अध्यक्ष मनराम ठकुल्ला सहित नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मी लगायत स्थानीयहरुले सहभागीता रहेको थियोे ।
सबैको सहभागीतामा केही दिन पहिले दुनै बजारमा र आज संयुक्त रुपमा जुफाल बजारको सरसफाइ अभियानको सुरुवात भएको मेयर बुढाले जानकारी दिनुभयो । समग्र नगरलाई सफासुग्गर राख्न सरसफाइ अभियानमा सबैको साथ सहयोग हुनुपर्ने र अभियान निरन्तर रूपमा लैजाने मेयर बुढाको भनाइ छ ।
डाेल्पामा नेपाली कांग्रेसले जितेकाे १ मात्र स्थानीय तह ठुलीभेरी नगरपालिका हाे । ३५ वर्षे युवा मेयरबाट जनताले ठुलाे विश्वासका साथ विजय गराएका छन् । सोही अनुसार मेयर बुढा नगरको बिकासमा द्रुत रुपमा लागि रहेका छन्।


- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -