काठमाडौं, सरकारले अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अब ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिइने जानकारी दिए।कसैले सामाजिक सुरक्षा नलिने स्वघोषणा गरे उनीहरुलाई सम्मान गर्ने सरकारको योजना छ ।
यसअघि ७० वर्ष पुगेका नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ता दिइदै आएको थियो।