काठमाडौं, तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका १० जनाको शव मुस्ताङको थासाङ–२ स्थित कोवाङ गाउँबाट पोखरा हुँदै काठमाडौं ल्याइएको छ।
सोमबार साँझ ६ः३० मा नेपाली सेनाको जहाजबाट शव काठमाडौं ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शवहरुलाई एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पताल लगिनेछ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १० ः१० मिनेटमा सम्पर्कविहीन भएको थियो। जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो।