spot_img

यो बजेटले मुलुकलाई हित गर्दैन, गन्तव्यहिन छ, भट्टराई

spot_img

काठमाडौं, नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट गन्तव्यहिन भएको बताएका छन्। संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले यो बजेट चौबाटोमा उभिएको र गन्व्यहित रहेको बताएका हुन्।उनले यो बजेटले मुलुकलाई हित नगर्ने स्पष्ट पारे। भट्टराईले भने, ‘यो बजेटको प्राथमिकता, गन्तव्य कता हो भनेर प्रश्न उठाइरहेका छौं। यो बजेट चौबाटोमा उभिएको छ। माओत्सेतुङ र मार्क्सको गन्ध आउँछ। यो बजेटको कुनै गन्तव्य छैन। ’

अहिलेको बजेटले शिक्षा र स्वास्थ्यमा बजेट कटौति गरिएको उनको भनाई छ। टिकटकमा भाइरल भएको एउटा पुरानो भिडियोमा अर्थमन्त्रीज्यूले कमिसन नआउने भएकाले शिक्षा र स्वास्थ्यमा बजेट नबढ्ने गरेको बताएको प्रसंग उठाउँदै उनले प्रश्न गरे,‘अर्थमन्त्री ज्यू, के कमिसन नआउने भएकाले शिक्षा, स्वास्थ्यको बजेट नबढाउनुभएको हो ?’

उनले कृषि उत्पादनतर्फ बजेट केन्द्रित नभएको बताए। भट्टराईले अधिकांश सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी खाली रहेको र यसतर्फ अर्थमन्त्रीको ध्यान नगएको बताए। भट्टराईले भने,‘१५ लाखमा एमबीबीएस पढाउँछौं भन्नुहुन्छ भक्तपुरका माननीय ज्यूले। सम्बन्धन दिइदैंन। अनि शिक्षाको गुणस्तरको कुरा गर्न सुहाउँछ। ’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img