spot_img

वृद्धभत्ता एमालेको ब्रान्ड हो, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

spot_img

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पु¥याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु गरेको बजेटमा अरुको दाबी नपुग्ने बताए । ’वृद्धभत्ता ६८ वर्ष झा¥यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो । तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा, केही फरक पर्दैन,’ उनले भने, ’जनयुद्धमा हाम्रो दाबी पुग्दैन, राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन, त्यसमा कांग्रेसको दाबी पुग्छ । ठीक त्यसैगरी बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् ।’

सत्तारुढ गठबन्धनले बृद्धभत्ता ५ हजार प्रतिमहिना पु¥याउन नसकेको पाण्डेको भनाइ थियो । उनले प्रश्न गरे, ’प्रतिमहिना ५ हजार पु¥याएको भए राम्रो हुन्थ्यो, किन पु¥याएन ? हिजो घोषणापत्रमा लेखेको होइन ?’बजेटले मुलुकको वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको पाण्डेको भनाइ थियो । उनले भने, ’संकट एकातिर छ, बजेट अर्कैतिर छ । यो बजेटले चुनाव मात्रै देख्यो, अस्ति गएको चुनाव देख्यो र आउने चुनाव मात्रै देख्यो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img