spot_img

बागलुङ बाढीपहिराे अपडेटः १४ जनाको शव भेटियो, अझै ३८ जना बेपत्ता

spot_img

बागलुङ,बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १४ जनाको शव भेटिएको छ।

अझै ३८ जना बेपत्ता रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार बेपत्ताको खोजी कार्य आज (शुक्रबार) बिहानैदेखि सुरु गरिएको छ । बाढीले ढोरपाटन–७, ८ र ९ वडाका ४० घर बगाएको प्रारम्भिक तथ्यांक छ । बेपत्तामध्ये शुक्रबार बिहानसम्म १४ जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

भेटिएका शवमध्ये ढोरपाटन–९ भट्टेचौरकी २६ वर्षीया केसमाया विक र लाँकुरीबोटका ४५ वर्षीय करबहादुर विकको मात्रै सनाखत भएको छ । बस्तीदेखि १५ किलोमिटर तल खोलाको तीरमा पनि केही शव भेटिएका छन् । अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

बाढीपहिरोले ३ लघुविद्युत्, ३ पानीघट्ट, सुपुर्दुङ आधारभूत विद्यालयको एउटा भवन, खानेपानीका केही धारा तथा ट्यांकी र गाउँघर स्वास्थ्य क्लिनिकको भवनसमेत बगाएको छ । एउटा पिकअप भ्यान र दुईवटा मोटरसाइकल पनि बगाएको प्रहरीले जनाएको छ । बाढीले खोलाको दायाँबायाँ सबै बगाएकाले बुर्तिवाङदेखि ढोरपाटन जाने सडकको अधिकांश खण्ड क्षतविक्षत भएको छ ।

उद्धार टोली पैदलै घटनास्थल पुगेको थियो । यो खण्डमा भुजीखोला किनारमै घर बनाइएकाले बढी क्षति भएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img