spot_img

नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा

spot_img

काठमाडौं,  पूर्वराजा वीरेन्द्र शाहको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ ।तत्कालीन राजा वीरेन्द्रको सवपरीवारको हत्या २१ वर्ष पहिले आजकै दिन भएको थियो । २०५८ जेठ १९ गते शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेला उक्त घटना भएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको हत्या भएको थियो ।

घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमको पनि हत्या भएको थियो ।उक्त हत्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन तत्कालीन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गरेका थिए ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दीपेन्द्रले नै सम्पूर्ण परिवारको गोली हानी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ । तर उक्त प्रतिवेदका बाबजुद आम नेपाली नागरिकमा भने उक्त हत्याकाण्डको तथ्यमा शंकाको जालो अझै बाँकी छ ।उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारका उक्त घटना कसरी सम्भव भयो भन्ने विषय आम नागरिक माझ अझै रहस्यकै विषय बनेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img