spot_img

एमाले, माओवादी र हामीबीच तालमेल हुने कुरा हल्ला मात्रै, अध्यक्ष नेपाल

spot_img

सुर्खेत, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनुभएको छ । सुर्खेतमा आज बिहीवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनुभयो । ‘अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरू फैलाइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले भर्खरै सार्वजनिक भएको आउँदो आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी होइन ।’ उहाँले पालिका चुनावको परिणामलाई समीक्षा गर्दै आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा राख्नुभयो ।

पालिका चुनावमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उहाँको भनाइ थियो । अध्यक्ष नेपाल आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन सुर्खेत आउनुभएको हो । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img