spot_img

युक्रेनमा हरेक सेकेन्ड एक बच्चा युद्ध शरणार्थी

spot_img

कीभ, रूसले युक्रेनमाथि आक्रमण गरेको सय दिन पूरा भएको छ। यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ। यो अवधिमा दुवै देशका हजारौं सैनिक मारिएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा यूक्रेन आक्रमणका लागि आफ्नो फौजलाई आदेश दिएदेखि हजारौं मानिसहरू मारिए। लाखौं मानिस आफ्नो गाउँ, सहर वा बासस्थान छोडेर भाग्न बाध्य बनेका छन्। युद्धकै कारण युक्रेनी सहरहरू भग्नावशेषमा परिणत भएका हुन्। एक करोड २० लाख युक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले युक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ। जसमध्ये करिब ३६ लाख मानिस पोल्याण्ड पुगेका छन्। ८० लाख मानिस आन्तरिक रूपमै विस्थापित भएको बताइएको छ।

ठूलो मानवीय संकटमा फसेको युक्रेनमा हरेक सेकेन्डमा एक बच्चा युद्ध शरणार्थी बनिरहेको बताइएको छ। रूसलाई घेराबन्दी गर्न पश्चिमा देशहरूले पनि लगातार नाकाबन्दी कडा गर्दै लगेको बताएका छन्। रूसले प्रत्यक्ष फाइदा नपाएसम्म तत्काल युद्ध रोक्ने लक्षण देखाएको छैन भने युक्रेन पनि आफ्ना सहयोगी पश्चिमी मुलुकहरूको बलमा रूससमक्ष लडिरहेको छ। आत्मसमर्पण गर्ने कुनै संकेत देखाएको छैन।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि तीनतिरबाट आक्रमण थालेको रूसले युद्धमा विजय नपाए पनि युक्रेनको जनजीवन भने अस्तव्यस्त बनेको छ। सुरुमा पूर्वी युक्रेनसँगै राजधानी कीभलाई लक्षित गरी आक्रमण गरिएको थियो। केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ।

ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएको छ। शान्त र सुन्दर युक्रेन खण्डहरमा परिणत भएको छ। यस युद्धमा क्रमशः पूर्वी यूरोप र बाँकी विश्व पनि तानिएको छ। संसारभरकै जनजीवनमा असर पुग्न थालेको छ। युक्रेनले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाउँदा बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको बताइएको छ। रूसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना ध्वस्त भएको छ।एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img