spot_img

लाेडसेडिङका नाइके मुकेश काफ्ले र बैंकिङ कसुरका आरोपी धिताल पनि कांग्रेसको शुभेच्छुक विभागमा

spot_img

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग विस्तारलाई निरन्तरता दिइरहेका छन्। देउवाले पछिल्ला पटक शुभेच्छुक संस्था समन्वय विभागमा सदस्यहरुलाई मनोनीत गरेका हुन्। देउवाले यो विभागमा विवादित व्यक्ति मुकेश काफ्ले र बैकिङ कसुरमा परेका विष्णु धिताललाई मनोनित गरेका छन्। धिताललाई त शुभेच्छुक संस्था समन्वय विभागको उपप्रमुख नै बनाएका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा रहेर लोडसेडिङ बढाएको भन्दै उनको आलोचना हुँदै आएको छ। काफ्ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा देशमा १८ घण्टासम्म लोडसेडिङ थियो।

बैंकिङ कसुरमा मुछिएका ढकाललाई मनोनित गरेपछि विरोध भइरहेको छ। तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा करिब डेढ अर्ब घोटाला भएको जनाउँदै उच्च अदालतमा मुद्दा दायर भएको थियो। १२७ जनालाई फरार अभियुक्त बनाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिल कार्यालयमार्फत पाटन उच्च अदालतमा बैंकिङ कसुरको मुद्दा दायर गरेको थियो। यो मुद्दा अदालतमा विचाराधीन छ। २ महिना लामो अनुसन्धानपछि सिआइबीले ९६ करोड ७७ लाख ५८ हजार ३ सय ९० रुपैयाँ १० पैसा बिगो दाबी गरी मुद्दा बुझाएको थियो।

प्रारम्भिक अनुसन्धानमा एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको बताइए पनि करिब ५३ करोड रुपैयाँ बैंकले धितोको लिलामीबाट उठाइसकेकाले संस्थालाई हानि पुगेको रकम बराबरको बिगो दाबी गरेको थियो। विभागमा बढीमा ५१ जना सदस्य बनाउन मिल्ने विधानको व्यवस्था छ। देउवाले बिहीबार विस्तार गरेको शुभेच्छुक संस्था समन्वय विभाग ४८ जना थपेका छन्। साउदलाई उक्त विभागको प्रमुखको जिम्मेवारी गत फागुनमा दिएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img