spot_img

ऐन महर निकटका विध्याथिहरु लगायतले सत्ता र शक्तिको आडमा मनमोहन अस्पतालमा गुन्डागर्दी

spot_img

काठमाडौं,स्वयंम्भूस्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिहीबार राती सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका ऐन महर निकटका विध्याथिहरु लगायतले सत्ता र शक्तीको आडमा अस्पताल परिसर भित्र गएर ज्यान मार्ने मनसायले गुन्डागर्दी शैलीमा कुटपिट र तोडफोड गरेका छन् ।

आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेकुरिटी गार्ड समेत कुटिएका छन्। रानीवनका स्थानिय यूवा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका ऐन महर निकटका विद्यार्थीहरु लगायत बिच बिहीबार अपरान्ह भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको हो ।

ग्याङ फाइटमा घाइते भएका ५ जना युवालाई उपचारका लागि मनमोहन अस्पतालमा घाइतेहरुको भर्ना गरिएको थियो । संगठनको आडमा ३०र४० समूहले अस्पतालमा भर्ना गरिएका घाईतेहरुमाथि मनमोहन अस्पताल भित्र छिरेर पुन कुटपिट गरेको थियो । ग्याङ फाइट गर्ने समूहका २ जनालाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको स्वयम्भुका डीयसपीले मुक्तिखबर डटकमलाई बताएको छ ।

पक्राउ पर्नेमा धिरेन्द्र धानुक र क्षितिज देवकोटा रहेका छन् भने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरका भाई अमित महर, निराजन विक्रम शाही लगायतका घटनामा संग्लनको टोली फरार रहेको र सिसिटिभी क्यामराको आधारमा अन्य व्यक्तिहरुको खोजि कार्य जारी रहेको स्वयम्भुका डीयसपीले बताए । अस्पतालका निर्देशक डा. धर्म सुवेदीका अनुसार कुट्ने समूहका अन्य ३०र४० जना युवा आएर घाइतेमाथि पुनः अस्पतालमा नै कुटपिट गरेको उक्त भिडियोमा देखन सकिन्छ ।

निर्देशक सुवेदीले भन्नुभयो, ‘दुईवटा समूहबीचको बाहिरै झगडा रहेछ । एउटा समूहको ५ जना घाइते भएपछि हामीकहाँ उपचारका लागि ल्याइएको थियो । सोही घाइतेलाई कुट्न राती अर्को समूह आयो । आकष्मिक कक्षमा भिडन्त भयो । मेडिकल उपकरण तोडफोड गरियो । उपचारमा सहभागी डाक्टर नर्स तथा अन्य कर्मचारी, सुरक्षा गार्डमाथि समेत आक्रमण भयो ।’

अस्पतालमा राती ९ बजे तिर ३०,४० जनाको समूह बाइकमा आएर करीब डेढ घण्टा वितण्डा मच्चाएको अस्पतालका सेक्युरिटी इन्चार्ज महेन्द्र पाठकले बताए । अस्पतालमा रहेका ४–५ जना प्रहरीले समेत घटनालाई नियन्त्रण लिन नसकेपछि थप जनपद र सशस्त्र प्रहरी बल मगाइएको थियो ।

ठूलो संख्यामा सुरक्षाकर्मी आएपछि उनीहरु भागेका थिए । झडप हुँदा आकष्मिक कक्षमा रहेको ईसिजी मेशिन, ड्रेसिड ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु लगायतका थुप्रै सामानमा समेत तोडफोड गरेको थियो ।

स्वयम्भु प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरिसकेको छ भने अरुलाई पनि पक्राउ गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्ने प्रहरीले प्रतिवद्धता जनाएपछि आज आकस्मिक सेवा सूचारु भएको छ । तोडफोडबाट अस्पतालको करिव १५ लाख बराबरको क्षति भएको अस्पालतको दाबी छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img