spot_img

बसन्तपुरमा न्यायकाे भिख माग्दै कुमारी आमाको चित्कारः न्याय माग्दा प्रहरीले कुट्यो (भिडियो)

spot_img

काठमाडौं,सुतिरहेका दूधे बालकलाई उनी सुम्सुम्याइरहेकी थिइन्। निन्द्रामा मग्न बालकलाई उनी आँसु पुछ्दै भन्दै थिइन्–बाबु मेरो छोरा। काठमाडौंको बसन्तपुरमा बच्चालाई चुम्बन गरिरहेकी किशोरी हुन्–धनुषाकी निहारिका राजपूत। जो तीन दिनदेखि आमरण अनशनमा बसिरहेकी छन्। उनका शरीर थाकिसकेका छन्। बोल्न, हिँड्न सक्ने उनको अवस्था छैन। तर पनि उनी न्याय पाउने आशमा लडिरहेकी छन्।

२०७६ सालमा आफ्नै साथीको दाइबाट बलात्कृत भएकी निहारिकाको २१ महिनाको छोरा छ। जसका लागि नै उनी दुई वर्षदेखि न्यायको खोजीमा भौँतारिहेकी छन्।

‘म मरेपनि केही छैन तर मेरो छोरा बाँच्नुपर्छ। उसले पाउनुपर्ने अधिकार पाउनुपर्छ’, गहभरि आँसु बनाउँदै उनले बिएल नेपाली सेवासँग भनिन्, ‘म मेरो छोराको लागि मात्र लडेकी हुँ। मलाई मेरो चिन्ता छैन तर मेरो छोरालाई बचाउनुपर्छ।’

११ कक्षामा अध्ययनरत हुँदा आफू बलात्कृत भएको उनी सुनाउँछिन्।

‘म १७ वर्षकी थिएँ, साथीकोमा पढ्न जाँदा मलाई नशालु पदार्थ पिउन दिइयो। मैले पिएँ, त्यसपछि म बेहोस भएँ’, दुई वर्षअघिको कुरा सम्झँदै उनले भनिन्, ‘ब्युँझिँदा निर्वस्त्र थिएँ।’ बलात्कार गरेको कुरा अरूलाई नसुनाउन भन्दै आफूलाई ‘ब्याक मेल’ गरेको उनी सम्झिन्छिन्।

‘यो कुरालाई बाहिर ल्याइस् भने तेरो नग्न तस्विर र भिडियो फैलाइदिन्छु भनेर धम्की दियो’, उनले भनिन्, ‘उनीहरूले मलाई मार्नेसमेत धम्की दिएका थिए।’ बलात्कार भएको महिना दिनपछि निहारिकाले थाहा पाइन्, आफू आमा बन्ने कुरा।

गर्भवती भएकी उनलाई धेरैले सुझाव दिए, बच्चा फ्याँक्न। तर नजन्मिएको शरीरलाई गर्भमै मार्न पाप हुने सोच्दै उनले बच्चा जन्माउने निधो गरिन्। ‘यो बच्चालाई जन्माएर बलात्कारीविरुद्ध लड्ने सोच बनाएँ। त्यसैले मेलै मेरो छोरालाई मारिनँ’, उनले भनिन्।

बलात्कृत भएकी निहारिकालाई थप पीडा भयो। जब परिवारले नै उनको साथ छोडे। ‘म अप्ठ्यारो अवस्थामा हुँदा मेरो परिवारले नै मलाई अस्वीकार गर्याे’, परिवारको साथबाट बञ्चित भएकी निहारिकाले भनिन्, ‘म परिवारविहीन भएँ। जुनबेला परिवारको साथ चाहिन्थ्यो, त्यो बेला मलाई कसैले हेरेन।’

पीडित भएकी उनी न्याय पाउने आशमा जिल्ला अदालत धाउन थालिन्। तर कसैले उनको कुरा सुनेन। उल्टै सहमतिमा नै सबै भएको भनेर आरोप लगाइयो। बलात्कार गर्नेको पहुँच राजनीतिमा भएको कारण आफूले न्याय नपाएको उनको बुझाई छ। ‘मलाई बलात्कार गर्ने मान्छेको पहुँच राजनीतिमा थियो, त्यसैले अपराधीलाई कारबाही भएन’, उनले भनिन्।

आफ्नो जिल्लामा न्याय पाउने छाँटकाँट नदेखेपछि उनी काठमाडौं आइन्, न्याय पाउने आशमा।

काठमाडौं आएकी निहारिकाले महिला हिंसाविरुद्ध आवाज उठाउने महिलाहरूसँग नभेटेको पनि होइनन्। तर कसैले उनलाई वास्तै गरेनन्।

‘म सबै आयोग गइसकेकी छु तर कसैले पनि मेरो कुराको वास्ता गरेन’, दुख पोख्दै उनी भन्छिन्, ‘मेरो कुरा सुनिदिने कोही भएन।’

प्रहरीले कुट्यो

अनशनको पहिलो दिन उनी माइती घरमा थिइन्। बलात्कारीलाई सजाय दिनुपर्ने उनको माग थियो। तर प्रहरीले काम नपाएको भन्दै उनीलगायत तीन जनालाई हतकडी लगाएर चौकी पुर्यायो। त्यतिमात्र होइन, उनीहरुलाई प्रहरीले लाठी चार्च समेत गर्याे।

‘मैले के गरेको थिएँ र मलाई प्रहरीले कुट्यो’, प्रहरीले कुटेर डाम बसेको हात देखाउँदै निहारिकाले भनिन्, ‘मलाई त कुट्यो ठिक्कै छ तर मेरो छोरालाई पनि गालैगालामा हान्यो।’

प्रहरीले आफ्नो पीडा नबुझेको बताउँदै उनी भन्छिन्, ‘मेरो माग पूरा नभएसम्म अनशन बसिरहन्छु। मर्नु परेपनि पछि हट्दिनँ।’

माग के हो?

मेरो बच्चाको डिएनए टेस्ट गरिनुपर्यो। काखमा बच्चा बोकेर जिल्ला अदालतको अन्तिम फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन्? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो? यसको निष्पक्ष छानबिन हुनुप¥यो।

उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन। म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो। न्यायलयले मेरो मृत्यु चाहेको हो? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्यो।

मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ। प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्यो।

घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ। यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्यो। हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिुनपर्यो। उनीहरुमाथि पनि छानबिन हुनुपर्यो।

मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्यो। ब्रेकलिंक डटकमबाट….

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img