डाेल्पामा आयुर्वेद चिकित्सा सेवाप्रति बढ्दाे आकर्षण,सबै स्थानीयतहहरूमा सेवा प्रवाह चाँडै हुन्छःप्रमुख उपाध्याय
डाेल्पा,जिल्लामा पछिल्लाे समय आयुर्वेद चिकित्सा सेवा प्रति आकर्षण बढ्दै गएकाे छ । जिल्ला सदरमुकाम दुनैमा रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रबाट हरेकदिन जसाे सेवा लिनेकाे चाप बढ्दाे छ । गत आर्थिक वर्षबाट मात्रै जिल्ला स्वास्थ्य कार्यालयबाट टुक्रिएर अलग्गै स्थापना भएकाे १ वर्षमै आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तारमा उलेख्य प्रगति हाशिल गरेकाे छ ।
निःशुल्क उपचार सेवा,निःशुल्क ल्याब सेवा,पाइल्सको क्षारशुत्र बिधिद्वारा निःशुल्क सल्यक्रिया,दुध चुसाइरहेकी आमाहरुलाइ दुध बढाउने औषधिहरु निःशुल्क बितरण सेवा,जेष्ठ नागरिकलाइ रसायन औषधि निःशुल्क बितरण सेवा,पन्चकर्म सेवा लगाएतका थुप्रै सेवा प्रदान गर्दै आएकाे आयुर्वेद स्वास्थ्य केन्द्र जिल्लाका प्रमुख दिपेन्द्र उपाध्यायले जानकारि दिए ।

आयुर्वेद केन्द्र प्रमुख उपाध्यायका अनुसार कार्यालयबाट तल्लाे डाेल्पामा पर्ने जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका,काइके गाउँपालिका र ठुलीभेरीकाे हकमा दुनैमा रहेकाे कार्यालय मार्फत सेवा कार्यालयहरू मार्फत सेवा प्रवाह भइरहेकाे आले जानकारी दिनुभयाे । प्रमुख उपाध्यायले थपे “आउँदाे आर्थिक वर्षबाट उपल्लाे डाेल्पामा पर्ने छार्काताङसाेङ,डाेल्पाेबुद्द सहित शे फाेक्सुण्डाेमा समेत सेवा प्रवाह गर्ने उदेश्य छ”।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -