spot_img

चितुवा आक्रमण घटनाः मृतक बालकको परिवारलाई दिइयो राहत

spot_img

तनहुँ, चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले राहत उपलब्ध गराएको छ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई ५० हजार हस्तान्तरण गरेका थिए।चितुवाको आक्रमणबाट मंगलबार बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो। उनको शव जङ्गलमा फेला परेको थियो।गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए।तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ।

डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको छ।डिभिजन वन कार्यालयले काजकिरिया बापत मृतकका परिवारलाई रु ५० हजार सहयोग गरेको छ। ‘रु नौ लाख ५० हजार छिट्टै प्रदान गर्छौं”, उनले भने।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img