spot_img

महामारीकाे फाइदा उठाउँदै पूर्वाञ्चल विश्वविधालय खुलेआम प्रमाणपत्रकाे व्यापार गर्दै

spot_img

काठमाडाैँ,कोभिड १९ को संक्रमण दिनहुँ बढेपछि सरकारले चैत्र ११ गतेदेखि देशमा पटक पटक गरी लकडाउन र निषेधाज्ञा जारी गरेको छ । देशका विभिन्न आर्थिक समाजिक, शैक्षिक क्षेत्रमा यसको ब्यापक असर छ । विभिन्न विश्वविधालयका नियमित परीक्षा र पठनपाठन ठप्प भएको छ । अब यस्तो समयमा शैक्षिक क्षेत्रलाई अघि बढाउनका लागि राज्य, विश्वविधालय र विधार्थी संगठनहरु कसरी अघि बढिरहेका छन् तर पूर्वाञ्चल विश्वविधालय खुलेआम प्रमाणपत्र बिक्री गर्न लागेको कुरा बाहिर आएको छ । पूर्वाञ्चल विश्वविधालको अवस्था के छ त ? यस बारे हामीले यससंग सम्बन्धित विभिन्न ब्यतिहरूसंग कुरा गरेर तयार पारिएको एक विशेष रिर्पोट ।

लकडाउन यति लामो समयसम्म रहने कसैले अनुमान गरेको थिएन । हामी केहि समयको बन्दाबन्दी विस्तारै सहज होला र परीक्षा लगायतको काम सम्पन्न गर्ने योजनामा थियौँ । तर निरन्तर कोभिड १९ को महामारी फैलंदै गएपछि हामीले सोचे अनुसारको काम हुन सकेन । यसपछि विधार्थीको थप समय खेर नजाओस भनेर हामीले भौतिक रुपले गर्ने विगतको परीक्षाको विकल्पमा अनलाईन परीक्षा गर्न तयार भएका हौँ । यसमा पनि प्राविधिक जटिलता र प्रश्न उठाउन सकिने विभिन्न ठाँउहरु छन् । परीक्षाको पहुँचमा सबै विधार्थी पुग्छन कि पुग्दैनन , साथै यस्तो परीक्षाको विश्वसनियता कति हुन्छ त्यो हेर्न बांकी छ , पूर्वाञ्चल विश्वविधालयका एक पदाधिकारीले बताए ।
विधार्थी लाई ईमेलमा प्रश्न पठाउने र तिनको उतर लेखेर पठाउ भन्ने तर त्यसको प्रत्यक्ष अनुगमन गर्ने संयन्त्र बनाउने कुरामा ध्यान नदिँदा भने धेरै विधार्थीिले आंफै परीक्षामा सहभागी नभएर अरुलाई परीक्षा लेख्न लगाउने खतरा प्रष्ट रहेको एक क्याम्पसका संचालक स्वीकार गर्छन् । यस विषयमा त्रि वि लगायत अन्य विश्वविधालयका पदाधिकारीले भने पूर्वाञ्चल विश्वविधालयले यति कष्ट गर्नुभन्दा बिराटनगरमा प्रमाणपत्र बेच्ने पसल खोले उपयुक्त हुन्छ भन्ने अनौपचारिक टिप्पणी गरेका छन् ।
अन्य विश्वविधालयमा पनि हजारौं विधार्थी एउटै समस्याबाट गुज्रिएका छन र त्यहां पनि समस्या छ तर विश्वविधालयले यसरी परीक्षा गर्नु भनेको खुलेआम प्रमाणपत्र बेच्नु हो जसबाट शिक्षा क्षेत्रमा विकृतिको सुरुवात हुन्छ , एक प्राध्यापकको भनाई छ । हामीले कति मेहनत गरेर यो ठांउमा आयौं तर अहिलेको अवस्थाले शिक्षा क्षेत्र तहसनहस हुन्छ , अनलाईन जांच गरेर त्यसको निगरानी गर्ने संयन्त्र बनाउंदा मात्र विधार्थी आँफैले परीक्षा लेखेको सुनिश्चित हुने अन्यथा यस्तो परीक्षा भनेको आंखामा छारो हाल्ने काम हो, उनले भने ।
यस विषयमा कुराकानी गर्दा पुर्वाञ्चल विश्वविधालयका परीक्षा नियन्त्रक प्रा डा सुर्यप्रसाद संग्रौला भने यो विषय बाहिर आएको र विश्वविधालयको पनि केही त्रुटि भएकोले यसलाई सच्याएर अघि बढनुपर्ने बताउंछन् । बाहिरबाट हेर्दा विश्वविधालयको छवि गलत हुने भन्दै यो सच्याउन आवश्यक रहेको बताए । गुणस्तरीयताका विषयमा प्रश्न उठने र भोली अरुले पनि मान्यता दिने कुरामा हामीले सोचनुपर्छ , उहांको भनाई छ । आम विधार्थीहरु भने यो परीक्षा नरोक्न र ब्याक परीक्षा समेत सोही समयमा गर्न माग गरिरहेका छन् ।

विश्वविधालयले भने नियमित परीक्षा गरेर आंशिक परीक्षा भने मंसिर पछाडी विगतको जस्तै भौतिक रुपले सञ्चालन गर्ने तयारी रहेको बताएको छ । यसरी परीक्षा गर्दा विगतमा जस्तो कमजोर नतिजा ननिस्कने र आफूहरु उर्तीण हुने कुरामा विश्वस्त रहेको एक विधार्थीले बताए । विश्वविधालय परीक्षा नियन्त्रयण कार्यालयका एक पदाधीकारीले भने विश्वविधालयले प्रमाणपत्र यसरी खुलेआम बेच्न नहुने कुरामा जोड दिएको बताउंछन् ।
विधार्थी संगठनका प्रतिनिधीले भने लामो समयदेखी शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको र अनलाईन परीक्षा गर्नु राम्रो भएतापनि बाहिर आएको निर्देशिका र इमेलबाट उतर पठाउने कुराले विश्वविधालयको प्रमाणपत्रमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको बताए । यसलाई विश्वविधालय या क्याम्पसको प्रत्यक्ष निगरानीमा अनलाईन परीक्षा हुने र पाठयभार लाई अनलाईन, मौखिक आदि खण्डमा विभाजित गर्दा त्यसको विश्वसनीयता कायम रहने उनीहरु बताउंछन । यो हामीले मात्र गर्ने नभएर भोली अरुले पनि हेर्ने विषय भएकोले यसमा जिम्मेवार हुनुपर्छ उनले भने ।

कतिपय शैक्षिक माफियाले विश्वविधालय चलाउने गरेको आरोप लागिरहेका बेला यो निर्णयले उतm कुरालाई थप पुष्टि गरेको छ । विभिन्न शैक्षिक संस्थाको ब्यापार ठप्प भएपछि विधार्थीलाई जाल हानेर शुल्क उठाउनका लागि विश्वविधालयलाई बदनाम गराउन लागिएको भन्दै सरोकारवालाले चिन्ता ब्यत गरेका छन् ।

उपकुलपति प्रा डा यादव कोईरालाले भने यो विषयमा आफुहरु सचेत रहेको र थप छलफल गरी निर्देशिका बनाएर त्यस प्रकारका कमजोरी हटाउने बताउनुभयो । यो परीक्षामा कमजोरी देखिए यसलाई स्थगित गरेर नयां प्रक्रियामा जान सकिने उहांको भनाई छ । कोरोनाको बहानामा नियमित परीक्षा गरेर शुल्क उठाउन मात्र खोजिएको र धेरै विधार्थी भएको ब्याक परीक्षालाई बेवास्ता गरिएको कुरालाई स्वीकार गर्न नसकिने एक विधार्थी नेताले बताए । पूर्वाञ्चल विश्वविधालय सुधार अभियानका अभियन्ता तथा मोरङ्गका एक स्थानीयले आक्रोस पोख्दै भने यस्तो विकृति टुलुटुलु हेरेर बस्न नसकिने र विश्वविधालयका पदाधिकारी नसच्चिए कालो मसो दलेर लखेटने उनले बताए ।

Rule for Time-bound_ pu exam

Updated_Home_ exam pu

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img