काठमाडौँ,नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को बैठकमा ठुलाे झडप भएको छ। आइतबारदेखि काठमाडौँमा सुरु भएको अखिल (क्रान्तिकारी)को तेस्रो विस्तारित बैठक शुरूहुनुभन्दा पहिले देखिनै दुई समूहबीच विवाद हुँदा कुटाकुट र कुर्सी हानाहान भएकाे हाे । तीनकुनेस्थित रोयल व्यांक्वेटमा बैठक सुरु हुनुअघि नै दुई समूहबीच विवाद भएको हो।
झडपमा दुवै पक्षका केहि विद्यार्थी नेता घाइते भएका छन् भने प्रहरीले बैठकस्थल खाली गराएकाे छ । झडपले उग्र रूपलिएपछि प्रहरी र शसस्त्रले बल प्रयाेग गरेर बैठक स्थलनै खालि गराएकाे थियाे । बैठक स्थगित भएकाे बुझिएकाे छ ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित हुने पूर्वनिर्धारित कार्यक्रम थियो। बैठकमा विवाद पछि झडप भएकाे थाहा पाएपछि प्रचण्ड आएनन् ।




















