काठमाडौं, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष पवन कार्कीसहित १०जनालाई अनिश्चितकालिन निलम्बन गरिएको छ ।आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको बैठकले कार्कीसहित १० जनालाई निलम्बन गरेको हो।
बैठकमा होहल्ला गर्दै नाराबाजी गरेपछि सो समूहलाई हलबाट निकालिएको थियो । कार्की समूहले वर्तमान केन्द्रीय कमिटी वैज्ञानिक ढंगले गठन नभएको भन्दै खारेजीको माग गरेको छ । अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय अध्यक्ष प्रदीप भट्टले वार्ता संवादको माध्यमबाट विवाद हल गर्ने निर्णय भएको बताए ।
कार्कीसहित प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपालीलगायत कारबाहीमा परेका छन् ।
निलम्बनमा परेका उपाध्यक्ष कार्कीले क्रान्तिकारी संगठनको पुनर्गठन र विद्यार्थी आन्दोलनलाई पुनर्जीवन प्रदान गर्न अवैध समितिहरु खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनमा जानुपर्ने बताए ।अन्नपूर्णबाट