spot_img

बलात्कारको आरोपमा पक्राउ परेका मनोज पाण्डे पुर्पक्षका लागि कारागार चलान

spot_img

काठमाडौँ,मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक युवतीले पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।त्यसपछि अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनीविरुद्ध कार्यालयमा दुईवटा जाहेरी परेको थियो । कार्यालयले अनुसन्धानपश्‍चात गत जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले हरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठनसमेत गरेको थियो । मितिले शुक्रबारबाटै अनुसन्धान सुरु गरेको छ ।हाल २४ वर्षीया ती युवतीले आफू १६ वर्षकी हुँदा सुरुमा पाण्डेले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी निरन्तर शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । बलात्कार मुद्दामा घटना भएको मितिको एक वर्षभित्रैमा मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने हदम्याद भएका कारण उक्त घटनामा पाण्डेलाई बलात्कारमा अभियोजन नगरिएको हो ।

पाण्डेले होटल पु¥याएर बोहोस बनाई यौन शोषण गरेको र त्यसबापत पैसा दिएको कार्य मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणसम्बन्धी कानुनअनुसार बेचबिखनअन्तर्गत पर्ने भन्दै उनलाई त्यसमै अभियोजन गरिएको छ ।बाल यौन शोषणको अर्को घटना भने एक वर्षभित्रैको भएकाले उनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियोजन गरिएको हो । गत जेठ ७ गते पक्राउ परेका पाण्डेलाई त्यसयता अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो ।कान्तिपुरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img