काठमाडौं,काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ। बुधबारको नियमित प्रेस ब्रिफिङपछि जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले उपत्यकामा ३२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । यस्तै कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०० पुगेको छ।
संक्रमितको विवरण




















