spot_img

डाेल्पाली जनता विगत १ हप्तादेखि टेलिफाेन सेवाबाट बञ्चितः”जिल्लाका नेतालाइ मतलव छैन,टावर बन्ने निश्चित छैन”

spot_img

रूपक कुलाल,डाेल्पा

डाेल्पामा नेपाल टेलिकमकाे टावरमा देखिएकाे समस्याका कारण विगत १ हप्ता देखि नागरिकहरू टेलिफाेन सेवाबाट बञ्चित भएका छन् । टेलिफाेन सेवा अवरूद्द हुदा मुख्यगरी सदरमुकाम दुनै लगाएत समग्र ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका जनताकाे जनजिवन नै कष्टकर बनेकाे छ । सरकारी कामकाज समेत प्रभावित बनेका छन् । ८ दिन भैसक्याे फाेन कतै लाग्दैन कामकाज गर्न निकै मुस्किल छ,टावर कहिले बन्ने निश्चित नै छैन कामकाज अस्तव्यस्त जस्तै बनेकाे स्थानीय जयस बाेहराले बताए ।

टावरमा देखिएकाे समस्या के हाे ? पटक पटक किन अवरूद्द हुन्छ जिल्लाकाे टेलिफाेन सेवा ?

नेपाल टेलिकमकाे शाखा कार्यालय डाेल्पाका अनुसार हाल त्रिपुरासुन्दरी नगरपालिकाकाे रसि लेकमा रहेकाे टावरमा चट्याङ्गले ठुलाे क्षति पुर्याएकाे छ । जिल्लाका प्राविर्धिक निर्माणका लागि पुगेकाे तर ठुलाे क्षति भएका कारण बनाउन नसकेकाे र रेडियाेलिँकमा देखिएकाे समस्याका कारण टेलिफाेन सेवा अवरूद्द बनेकाे हाे । थप सहयाेगका लागि सुर्खेत कार्यालयमा सामान माग गरेकाे र सामान पनि जिल्लामा पुगेकाे जिल्ला शाखा कार्यालय प्रमुख दया विक्रम केसीले जानकारी दिए । उनले थपे “रेडियाेलिंकमा सदस्या देखिएकाे छ मर्मत संहारकाे काम सुर्खेतले गर्ने भएकाे सामान बुढानीमा समस्या कारण ढिलाइ भएकाे हाे ।”

पटक पटक किन डाेल्पामा नेपाल टेलिकममा समस्या भन्ने इमान्दार खवरकाे प्रश्नमा डाेल्पामा जुम्लाबाट र जाजरकाेटबाट रेडियाेलिंक मार्फट टेलिफाेन सेवा सञ्चालित छ । स्याटलाइट सेवा भएकाे भए रेडियाेलिंकमा समस्या देखिए पनि सेवा सञ्चालन गर्न सकिन्छ तर यसका लागि पटक पटक सुर्खेत क्षेत्रिय कार्यालय देखि टेलिकमकाे मुख्य कार्यालय काठमाडाैँ पुगेकाे तर हालसम्म कुनै पहल नभएकाे केसीले बताए । स्याटलाइट सिस्टम भए सेवा प्रवाहमा सहज हुने केसीकाे भनाइ छ ।

डाेल्पामा टावरमा देखिएकाे समस्याबारे टेलिकमकाे प्रादेशिक निर्देशनालय कर्णाली प्रदेश नि. निर्देशक शिव खनालकाले सामान डाेल्पा पुगिसकेकाे जानकारि दिए । जिल्लाका प्राविर्धिकले टावर मर्मत सम्भव नभएपछि सुर्खेतबाट थप प्राविर्धिककाे टाेलि डाेल्पा पठाइएकाे  बताए । सम्भवत आजै टावर निर्माणस्थलमा टाेलि पुग्ने र सामान त्यहिँ भएकाेले चाँडै टावर बन्ने खनालकाे दावी छ । तर चट्याङले ठुलाे क्षति पुगेकाे छ केन्द्रीय कार्यालयबाट समेत प्राविर्धिककाे टाेलि मगाउनु पर्ने पनि हुनसक्ने खनालले बताए ।  यस्तै डाेल्पाकाे समस्याबारे नेपाल केलिकमकाे केन्द्रीय कार्यालय चासाे ब्यक्त गरेकाे छ । पटक पटक समस्या देखिएकाेले अव विकल्पमा स्याटलाइट सिस्टम पनि चाँडै शुचारू गर्ने टेलिकमका प्रवक्ता साेभन अधिकारीले जानकारि दिनुभयाे ।

सयमस्याबारे जिल्ला प्रशासन डाेल्पाले पनि पहल तिव्र पारेकाे छ । सबै तिर समन्वय गरेर सामान पुगिसकेकाे र प्राविर्धिक टाेलिलाइ पनि टावर निर्माण स्थलमा लग्नेबारे समन्वय भइराखेकाे र चाँडै सेवा सुचारू हुने प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयाे ।

जिल्लाका जनता टेलिफाेन जस्ताे अत्यावश्यक सेवा अवरूद्दहुँदा समेत जिल्लाका प्रतिनिधिहरूले कुनै चासाे देखाएका छैनन् । प्रदेश सभा सदस्य विरवहादुर शाहीले भने केहि दिन पहिले टेलिकमकाे सुर्खेत कार्यालयमा पुगेर ध्यानाकर्ण गराउनुकाे साथै दिर्घकालिन समस्या समाधानका लागि पहल गरेकाे जानकारि दिनुभयाे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img