spot_img

हुम्लाका विद्यार्थी नेता भण्डारी अखिल क्रान्तिकारीले गर्याे कारबाहिःभण्डारी भन्छन् “व्यक्तिगत रिसिइवी र तानाशाही गुटकाे कारबाहिले केहि फरक पर्दैन”

spot_img

काठमाडाैँ,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सिटिइभिटि उपत्यका जिल्ला समिती अध्यक्ष तथा हुम्लाका विद्यार्थी नेता जगत भण्डारीलाइ कारबाहि गरेकाे छ । संगठनमा अराजक गतिविधि गरेकाे भन्दै कारवाहि गरेकाे पत्रमा उल्लेख छ । गत आइतबार सम्पन्न भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

कारवाहि बारे विद्यार्थी नेता भण्डारी भन्छन् “पहिलो कुरा आपती जनाउनु बिरोध जनाउनु अराजक गतिबिधिमा परेर हैन अहिले अखिल (क्रान्तिकारी ) पुरै तानाशाह शैलिमा चलेको सबैलाइ जानकारी नै छ। तर मेरो कार्बाहीको कुरा जुन छ,पहिलो कुरा विगत लामो समय देखि जिल्ला कमिटी मात्र भएको सिटिइभिटिमा पहिलो चोटि राष्ट्रिय कमिटी बनेको र एक जिल्ला एक राष्ट्रिय कमिटी कुनै पनि विधि बिधान छैन । राष्ट्रिय कमिटी बन्नको लागि कम्तिमा पनि दुई वा दुई भन्दा बढी जिल्ला कमिटीहरु हुन पर्छ यो बिधानले भन्छ। यो अर्थमा पनि राष्ट्रिय कमिटी आफैमा अबैध छ । जुन राष्ट्रिय कमिटिको दोस्रो बैठक बाट निर्णय गरिएको भनिएको छ,यो कमिटी पहिलो पुर्ण बैठक बस्न पनि सकिरहेको छैन तेसको कारण भनेको सो कमिटीमा रहेका अधिकाङ्स पद्दादिकारीहरु सरकारी जागिर भएर हो । अहिले सामाजिक सन्जालमा उनिहरु आफ्नो असली नाम नै परिवर्तन गरेर दुरुपयोग गरिरहेका छन्। यो अर्थमा जुन बिधि बिधान भनिएको छ,त्यो नभएर ब्यक्तिगत रिसिइबी र आफ्नो लाइनमा आबद्ध नभएको कारण कारवाहि गरिएको हाे । ६ गते देखि आजका दिन सम्म लाइनमा आउने बार्गेनिङ चलिरहेको र गलत लाई सहि हो भन्न नसकेको कारण पनि हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img