spot_img

माओवादीमा बढ्दाे गुटगत राजनीतिःवर्षमान र जनार्दनको कुस्तीले ६ महिनासम्म छानिएनन् पदाधिकारी,जनवर्गिय संगठनमै देखिन थाल्याे असर

spot_img

        आखिर महासचिवमा कसको पल्ला भारी ?

काठमाडौं, नेकपा माओवादी (केन्द्र)को महासचिबको लागि नेता बर्षमान पुन र जर्नाद्धन शर्माको बिवादले पदाधिकारी समेत चयन गर्न अप्ठयारो परेको छ । महाधिवेशन भएको ६ महिना लाग्दा पनि नेकपा माओवादी (केन्द्र)ले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकस भएको हो ।

नेकपा माओवादी (केन्द्र) को महासचिव को बन्ने भन्नेमा आन्तरिक प्रतिस्पर्धा तीव्र हुँदै गएपछि अप्ठयारो परेको माओबादी उच्च स्रोत बताउँछ । अध्यक्षपछिको सबैभन्दा शक्तिशाली उक्त पदमा माओवादी आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा देखाए पनि पुन र शर्माको बढि जोड रहेको बताइएको छ ।

माओवादी केन्द्रको पुस ११ देखि १८ गतेसम्म चलेको महाधिवेशनले २ सय ३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । सोही केन्द्रीय समितिको पुस २० मा बसेको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको थियो । बाँकी केन्द्रीय सदस्य र पदाधिकारी पछि छान्ने तय भएको थियो । माओवादी विधानले केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

महाधिवेशन भएको ६ महिनासम्म पनि पदाधिकारीले पूर्णता पाएको छैन । पार्टीभित्र र बाहिर पदाधिकारी नछानेको विषयमा आलोचना भइरहेको छ । प्रचण्डले निर्वाचन गराउन नचाहने र निर्णय पनि दिन नसक्दा पदाधिकारी चयनमा समस्या आएको नेताहरू बताउँछन् । पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि छान्न समस्या भएको हो ।

माओवादी विधानमा केन्द्रीय सदस्यहरूको मतदानबाट पदाधिकारी चयन हुने व्यवस्था छ । तर, प्रचण्ड निर्वाचनबाट पदाधिकारी छान्ने पक्षमा देखिएका छैनन् । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको दाबी रहेको बताइन्छ । यसबाहेक उपाध्यक्षमा गिरिराजमणि पोखरेल, गणेश साह, हरिबोल गजुरेल, देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, मातृका यादव आकांक्षी छन् ।

उपाध्यक्ष र सचिवमा खासै समस्या नभए पनि महासचिव पदमा भने प्रचण्डलाई मिलाउन चुनौती छ । प्रचण्डका विश्वासपात्र मानिने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ महासचिवका मुख्य दाबेदार रहेकाले समस्या भएको हो । प्रचण्डले उनीहरूमध्ये एकजनालाई उपाध्यक्षमा जान आग्रह गरे पनि दुवैजना मान्न तयार छैनन् । उनीहरू बरु निर्वाचनमा जान तयार रहने तर महासचिवबाट पछाडि नहट्ने बताउँदै आएका छन् । दुवैले आफूलाई प्रचण्डको उत्तराधिकारी दाबी गर्दै आएका छन् । गुट र विभाजनबाट पार्टी कमजोर बनेको अवस्थामा प्रचण्ड शर्मा वा पुनमध्ये एकको पक्षमा बोल्न नसकेको नेताहरू बताउँछन् ।

शर्मा र पुन माओवादीभित्र दुई गुटको समेत नेतृत्व गर्छन् । नियुक्तिदेखि निर्वाचनमा उमेदवार चयनसम्म शर्मा र पुनको समेत भागबन्डा हुने गरेको छ । पछिल्लो समय जनवर्गीय संगठनमा पनि दुवै नेताहरू निकटलाई अवसर दिने गरिएको छ । पुन र शर्मा भने पेचिलो बन्दै गएको प्रतिस्पर्धामा धेरै अघिदेखि सरिक छन्। माओवादी केन्द्र वा त्यसका भातृ संगठनमा देखिएका प्रतिस्पर्धाले त्यसैको संकेत गर्छन्। विद्यार्थी संगठन अखिल क्रान्तिकारिमा जनार्दन पक्षले पुन लगाएत अन्य पक्षलाइ कारबाहिकाे डन्डा बर्साउन शुरू गरिसकेकाे छ ।

महासचिवमा शर्मा र पुनकाे दावी रहँदै अाएपनि शक्तिवहादुर बस्नेतले समेत दावी प्रस्तुत गर्दै अाएका छन् । दुवैकाे विवाद उत्कर्षमा पुगे बस्नेतकाे सम्भावना समेत बलियाे रहेकाे एक पक्षकाे दावी छ ।

माओवादीले असार १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । सो बैठकमा राजनीतिक समीक्षासँगै पदाधिकारी चयनको विषय उठ्ने नेताहरू बताउँछन् । तर, प्रचण्ड संघ र प्रदेशको चुनावअघि पदाधिकारी चयनको मुडमा नरहेको नेताहरू बताउँछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img