spot_img

डाेल्पाका ४ स्थानीय तहले ल्याए आगामी आर्थिक बर्ष २०७९/८० बजेटः कसले कति ल्याए ? जगदुल्लाद्वारा डाेल्पामै पहिलाे पटक गाउँसभाकाे लाइभ

spot_img

डाेल्पा, डाेल्पका ४ वटा स्थानीय तहहरूले आगामी आर्थिक बर्ष २०७९/८० बजेट शुक्रबार ल्याएका छन् । डाेल्पाकाे जगदुल्ला गाउँपलिकाले जिल्लामै पहिलाे पटक सामाजिक संजालमा लाइभ गरेर गाउँसभाकाे बैठक मार्फत बजेट सार्वजनिक गरेकाे छ । पालिकाले  33 करोड 19 लाख 18 हजार 7 सय 94 को बजेट प्रस्तुत गरेको छ । पूर्वाधार,स्वास्थ्य,शिक्षा र राेजगारलाइ मुख्य प्राथमिकतामा राखेर विकासमा फड्काे मार्ने लक्ष सहितकाे बजेट प्रस्तुत गरेकाे पालिका अध्यक्ष नारासिंह राेकायाले जानकारि दिए । “कृषि राेजगार शिक्षा स्वास्थ्य पर्यटन र पूर्वाधार , जगदुल्ला गााउपालिका दिगाे बिकासकाे आधार” भन्ने मुल नारा सहित १२ अाैँ गाउँसभा सम्पन्न भएकाे छ ।

यस्तै त्रिपुरासुन्दरी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० बजेट ल्याएकाे छ । नगरपालिकाले ४९ कराेड,८९ लाख,९४ हजार ६ सयकाे बजेट प्रस्तुत गरेकाे छ । “कृषि राेजगार शिक्षा स्वास्थ्य पर्यटन र पूर्वाधार संस्था गत सुशासन सहित सम्रदि नगर निमाण त्रिपुरा सुन्दरीनगर पfलिका दिगाे बिकासकाे आधार” भन्ने मुलनारालाइ साकार पार्ने नगरपालिकाका मेयर जुनचन्द्र राेकायाले जानकारि दिनुभयाे ।

उपल्लाे डाेल्पामा पर्ने छार्काताङसाेङ गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९/८० बजेट ल्याएकाे छ । गाउँपालिकाले ३० कराेड,९५ लाख,९१ हजार ७ सयकाे बजेट प्रस्तुत गरेकाे छ । पूर्वाधार,स्वास्थ्य,शिक्षा र राेजगारलाइ मुख्य प्राथमिकतामा राखेर विकासमा फड्काे मार्ने लक्ष सहितकाे बजेट प्रस्तुत गरेकाे पालिका अध्यक्ष सेनाङ गुरूङले बताउनु भयाे ।

उपल्लाे डाेल्पाकै डाेल्पाेबुद्द गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९/८० बजेट ल्याएकाे छ । गाँउपालिकाले २८ करोड ८४ लाख ४० हजार को बजेट प्रस्तुत गरेको छ ।  पूर्वाधार,स्वास्थ्य,शिक्षा र राेजगारलाइ मुख्य प्राथमिकतामा राखेर विकासमा फड्काे मार्ने लक्ष सहितकाे बजेट प्रस्तुत गरेकाे पालिका अध्यक्ष कार्मा छाेइबेल गुरूङले बताउनु भयाे । 

डाेल्पाका अन्य स्थानीय तहहरूले आइतबारसम्म बजेट ल्याउने तयारी गरेका छन् ।  

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img