spot_img

डाेल्पाका मुड्केचुला,शे फाेक्सुण्डाे र काइकेले पनि ल्याए आगामी आर्थिक बर्ष २०७९/८० बजेटः कसले कति ल्याए ? मुड्केचुलाले गर्याे गाउँसभाकाे लाइभ

spot_img

डोल्पा, डोल्पाका अन्य ३ वटा स्थानीय तहहरूले आगामी आर्थिक बर्ष २०७९÷८० बजेट शुक्रबार ल्याएका छन् । डोल्पाको मुड्केचुला गाउँपलिकाले सामाजिक संजालमा लाइभ गरेर गाउँसभाको बैठक मार्फत बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले 36 करोड 14 लाख 89 हजार 3 सयको बजेट प्रतुत गरेको छ । पूर्वाधार,स्वास्थ्य,शिक्षा र रोजगारलाइ मुख्य प्राथमिकतामा राखेर विकासमा फड्को मार्ने लक्ष सहितको बजेट प्रस्तुत गरेको पालिका अध्यक्ष दत्तवहादुर शाहीले जानकारि दिए । पालिकाको प्रशासकिय भवन निर्माण गर्ने देखि पालिकाको पूर्वाधार विकासलाइ मुख्य प्राथमितामा राखेने अध्यक्ष शाहीको भनाइ छ । “स्वास्थ्य,शिक्षा,पूर्वाधार र सञ्चार,मुड्केचुला गाउँपालिकाको समृद्धिको आधार” भन्ने मुल नारा सहित ११ औँ गाउँसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

यस्तै काइके गाउँपालिकाले पनि गत शुक्रबार नै आगामी आर्थिक बर्ष २०७९/८० बजेट ल्याएकाे छ । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को २४ करोड ५ लाख ८७ हजार को बजेट प्रस्तुत गरेको छ । “स्वास्थ्य,शिक्षा,सडक,कृषी तथा पूर्वाधार,गाउँपालिका दिगाे बिकासकाे आधार” भन्ने मुलनारालाइ साकार पार्ने प्रतिवद्दता सहित गाउँपालिकाकाे दशाैँ गाउँसभा भव्य र सभ्यरूपमा सम्पन्न भएकाे हाे ।

यस्तै शे फोक्सुडो गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० बजेट लागि 34 कराेड 50 लाख 9 हजार बजेट प्रतुत गरेकाे छ । निती तथा कार्याक्रम सर्वसम्मत पारित गर्दै ११ अाैँ गाउँसभा भव्य र सभ्यरूपमा सम्पन्न भएकाे छ ।  डाेल्पाका अन्य स्थानीयतहहरू सबैले बजेट ल्याइसकेका छन् ठुलीभेरी पनि चाँडै ल्याउने तयारीमा रहेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img