spot_img

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img

काठमाडौँ,  सडक निर्माणमा अनियमितता गरेको आरोपमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।ओमसतिया गाउँपालिका वडा नम्बर ४ मटेरिया गाउँको मुख्य सडक निर्माण गर्दा गुणस्तरहीन काम गरेको आरोपमा अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर लवकुश चाई र सब इन्जिनियर सन्तोष भुसाल तथा सडक निर्माण उपभोक्ता समिति अध्यक्ष गजतराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध बिगो, कैद र जरिवाना तथा अनियमितता भएको रकम आरोपितबाट भराउनु पर्ने मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सडकको पीसीसी निर्माण गर्दा गुणस्तरहिन काम गरेको, लागत अनुमान अनुसार सडकको ढलानमा मोटाइ कायम नगरिएको, नापी किताब र बिलमा एउटा विवरण राखेर फिल्डमा अर्कै काम गरेकोलगायत आरोपमा प्रमुख प्रशासकीय अधिकृतसहित पाँचै जनालाई जनही २ लाख ६१ हजार ८ सय ५५ रुपैया बिगो, बिगो अनुसार जरिवाना मागदाबीसहित मुद्दा दायर गरिएको छ ।

हानीनोक्सानी भएको रकम प्रशासकीय अधिकृत नेपाल तथा इन्जिनियर चाई र सब–इन्जिनियर भुसालबाट असुल गरी राजस्वमा दाखिला गर्न मागदाबट्ठ गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img