डाेल्पा,त्रिपुरासुन्दरी नगरपालिका डाेल्पामा एकैदिन दुइ ऐतिहासिक विकास निर्माणकाे कामहरू सम्पन्न भएका छन् । नगरपालिकाले डाेल्पामै पहिलाे पटक एम्बुलेन्स खरिद गरेर नगरकेन्द्र बगरसम्म पुर्याएकाे छ । एम्बुलेन्स नगरपालिकामा पुगिसकेकाे र अव नगर अस्पताल मार्फत निरन्तर नगरपालिकाका जनताकाे सेवामा चाँडै सञ्चालन हुने मेयर जनचन्द्र राेकायाले जानकारि दिनुभयाे ।
यस्तै आजकै दिन नगरपालिका र सदरमुकाम दुनैँ जाेड्ने भेरी नदि माथि बनेकाे बेलिबृज पुल पनि सञ्चालन भएकाे छ । एकैदिन भएकाे दुइवटा दिर्घकालिन विकासका याेजनाले त्रिपुरासुन्दरी नगरपालिका मात्र नभएर समग्र डाेल्पावासी खुशी भएकाे मेयर राेकायाले बताए,उनले थपे “संघिय सरकार,प्रदेश सरकार,संघ र प्रदेशका सांसद देखि पूर्व जनप्रतिनिहरूलाइ धन्यवाद भन्न चाहन्छु”। नगरपालिकाका जनतालाइ स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण टेवा पुगाेस् र एम्बुलेन्स किन्नेर सञ्चालनमा ल्याउने स्वर्गीय पूर्व मेयर ओमबहादुर बुढा र पूर्व उपमेयर चन्द्रा कुमारी बुढाकाे सपना पुरा भएकाे मेयर राेकायाकाे भनाइ छ ।
तस्वीरः सामाजिक सञ्जालबाट साभार



















