काठमाडौं, ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका चिकित्सकमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।ट्राफिक प्रहरी जवान राजेन्द्र थापा मंगलबार निलम्बनमा परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए ।
ललितपुरमा चिकित्सकमाथि ती ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेका थिए । आइतबार बेलुकी ललितपुरको कुसुन्तिमा ड्युटीमा खटिएका ट्राफिकले एक चिकित्सकमाथि कुटपिट गरेको पीडितका आफन्तले बताएका छन् ।कुटपिटबाट चिकित्सक डा.कुलबहादुर घिसिङको मुखमा चोट लागेको छ ।
डा.घिसिङको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइहरेको छ । डा.घिसिङ आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत छन् । फुटपाथबाट पैदलयात्रा गरिरहेको अवस्थामा कुटपिट भएको भन्दै डा. घिसिङले आफ्नो उपचार खर्चको व्यवस्था मिलाउन माग गरेका छन् ।