डोल्पा, डोल्पामा जिप दुर्घटना हुँदा एक जना चालककाे मृत्यु भएकाे छ । शुक्रबार बिहान करिव ५ बजेतिर सुप्पानीबाट सदरमुकाम दुनै तर्फ जाने क्रममा भे १ च १६११ नम्बरको जीप ठुलीभेरी नगरपालिका वडा नं. ९ डाँगीवाडा भन्ने ठाउँमा दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा परि ३५ वर्षीया चालक पूर्ण प्रसाद डाँगीकाे घटना स्थलमै निधन भएकाे र गाडी खाली रहेकाे प्रहरीले जनाएकाे छ ।

मृतक डाँगीको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएकाे र घटना कारण पत्ता लगाउन अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी निरन्जन थापाले जानकारी दिए । रातिकाे समय उच्च गति र खराव सडकका कारण दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अासंका छ ।

















