spot_img

काठमाडौं महानगरका मेयर र उपमेयरद्वारा सम्पदा क्षेत्रको अवलोकन

spot_img

काठमाडौं, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहित अधिकारीहरुले आज सम्पदा र पूर्वाधार क्षेत्रको  अवलोकन गरेका छन्। उनीहरु अधिकारीसहित विहान ९ बजे अनुगमनका लागि स्वयम्भूस्थित धर्मचक्र पार्क र पलेस्वाँ पुखु पुगेका थिए।

‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ ।’ अनुगमनपछि प्रमुख शाहले भने, ‘पूर्वाधार निर्माण गर्दा वातावरणमा परेको असरलाई पनि हामीले हेरेका छौँ।’उपप्रमुख डंगोलले अनुगमनका विषयमा जानकारी दिँदै भने, ‘ अवलोकनका क्रममा देखिएका कमजोरी सुधार गर्न सँगसँगै प्रयास गर्नेछौँ।’

अवलोकनका क्रममा पलेस्वाँ पुखु र धर्मचक्र पार्कका विषयमा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले जानकारी गराएका थिए । वडामा पार्क तथा पोखरी निर्माण गर्दागर्दै व्यवस्थापनको पक्षमा पनि ध्यान दिइने, वडाध्यक्ष डंगोलको भनाइ थियो ।वडा २६ मा रहेको भगवान बहाल पुननिर्माणमा अहिलेको अवस्था र बाँकी कामका विषयमा पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले जानकारी दिएका थिए। उनकाअनुसार करिब ४ करोड लागतमा बहाल पुननिर्माणअन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ ।

जसमध्ये १ करोड ५० लाख रुपैयाँ काठमाडौँ महानगरपालिकाको सहयोग छ । बाँकी रकम गुठी आन्तरिक स्रोतबाट निर्माण कार्य भइरहेको हो । दोस्रो चरणका लागि साढे ३ करोड लागतको अनुमान छ । जसमा सिंहसार्थ बाहुको मन्दिर र आँगन मन्दिर जीर्णोद्धार गरिनेछ ।अनुगमनका क्रममा वडा २७ महाबु (महाबौद्ध) मा रहेको पुननिर्मित तमोवहाः क्पाः पा छेँ को निर्माण शैली र अहिलेको अवस्था हेरिएको थियो । क्वाः पा छेँको तेस्रो तलामा पुगेपछि प्रमुख शाहले पुननिर्माणको योजना बनाउँदा अपनाइएको प्राविधिक पक्षमा विषयमा जिज्ञासा राखेका थिए ।

वडा नम्बर ५ मा रहेको पञ्चेधारा तथा पार्क निर्माणको अवलोकनका क्रममा धारामा पानीको प्रवाह सम्भावना हेरिएको थियो । त्यसबेला आएका स्थानीयहरुसँग प्रमुख शाहले धाराको विगतका विषयमा र प्राविधिकहरुसँग जलप्रवाह सम्भावनाका विषयमा कुराकानी गरेका थिए ।अनुगमनका क्रममा कार्यपालिका सदस्यहरु मीना सिंह, मैयालक्ष्मी महर्जनसहित निर्देशकहरु बसन्त आचार्य, नरेन्द्र विलास बज्रचार्य, राम थापासहित अधिकारी सहभागी रहेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img