spot_img

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

spot_img

 काठमाडौं,  नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट पक्षले आज छुट्टै भेला आयोजना गरेको छ ।बानेश्वर क्याम्पसमा हुने भेलाबाट राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिने असन्तुष्ट विद्यार्थीहरूले बताएका छन् ।

असन्तुष्ट पक्षको नेतृत्व पवन कार्कीले गर्नेछन् । उनी संगठनमा उपाध्यक्ष थिए तर उनीसहित केही नेताहरू कारबाहीमा परेका छन् । कार्कीसहितका विद्यार्थी नेतामाथि कारबाही गरिएपछि अखिल क्रान्तरकारीको विवाद थप उत्कर्षमा पुगेको हो ।असन्तुष्ट पक्षका एक विद्यार्थी नेताका अनुसार आज वानेश्वर क्याम्पसबाट पवन कार्कीको संयोजकत्वमा १९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति घोषणा गरिनेछ। अहिले आयोजक समिति सदस्यहरूको नाम संकलन भइरहेको छ ।

संयोजकका साथै केही विभाग र कार्यालय टिम तयारी गरी राष्ट्रिय भेलाको तिमिबारे पनि छलफल हुने असन्तुष्ट पक्षका नेता बालकुमार केसीले जानकारी दिए । तल्लो कमिटीबाटै संगठनको पुनर्गठन गर्दै आउने उनले बताए ।असन्तुष्ट पक्षले आगामी असोजसम्म राष्ट्रिय भेला गर्ने गरी तयारी थालेको छ ।

संगठन विधान विपरीत चलेको, निषेध गरिएको र पार्टी अध्यक्ष प्रचण्डको निर्देशनविपरीत कमिटी चयन गरिएको आरोप असन्तुष्ट पक्षको छ । उनीहरूले आफ्ना मागबारे पार्टी अध्यक्ष प्रचण्डको समेत ध्यानाकर्षण गराइसकेका छन् ।क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने संगठनविरुद्ध हुने भेलामा सहभागी नहुन आग्रह गरेकी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img