spot_img

अन्तत माओवादी निकट विद्यार्थी संगठन फुट्यो:पवन कार्कीको नेतृत्वमा १९९ सदस्यीय आयोजक समिति घोषणा

spot_img

काठमाडौं,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको बिधि बिधानलाई कागजको खोस्टो बनाएको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।
अध्यक्षज्यूको समूहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन्,’ असन्तुष्ट समुहका समीर बुढाथोकीले भने, ‘संगठनलाई विद्यान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विद्यान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

यस अघि फ्याक्सन इन्चार्ज हितमान शाक्य र पन्चा सिंहले जुम बैठकमा सबैलाई म्युट गरेर एक पक्षीय रूपमा पदाधिकारी घोषणा गरेका थिए र गत असार ५ गते फरक मत राख्नेलाई प्रहरी लगाएर बाहिर निकाली प्रहरीको घेरामा एकपक्षीयरूपमा बैठक गरेको पवन पक्षेको आरोप छ !
वानेश्वरस्थित नेपाल बानेश्वर क्याम्पसवाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरका विद्यार्थी नेताहरुको समर्थन रहेको बुढाथोकीले दावी गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img