काठमाडाैँ,नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफुलार्ई निष्काशन गर्ने निर्णयलाई अराजक भएको प्रतिक्रिया दिएका छन् । शनिबार गौतमलाई संयोजकबाट निष्कासित गरेर संयोजकमा सचिवालय सदस्य युवराज सफललाई तोकिएपछि उनले यस्तो प्रतिक्रया दिएका हुन् ।
कारवाहीको सूचनापछि शनिबार नै गौतम निवाश भैँसेपाटीमा बसेको गौतम सहितका ८ सचिवालय सदस्यको बैठकमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘अराजकहरुलाई चिन्न सकिएनछ,गलतलाई मान्छेलाई पार्टीमा स्थान दिनु गल्ति भयो,’गौतमको भनाई उधृत गर्दै प्रचार बिभाग प्रमुख तथा सचिवालय सदस्य निमाकान्त पाण्डेले नयाँ पत्रिकासँग भने ।
गौतम समुहको बैठकले पनि संयोजक तोकिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता सफल, आधुनिक नेपाल समाजवादी पाटीका अध्यक्ष कृष्णगोपाल बञ्झरा, नेकपा(राष्ट्रवादी)का अध्यक्ष मिननाथ देवकोटा, आम नेपाली पार्टीका अध्यक्ष निलकण्ठ पौडेललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको छ ।
शनिवार चार दलका अध्यक्षहरू सहितको छुट्टै बैठक बसेर बहुमतको निर्णयबाट गौतममाथि पाँच आरोप सहित गौतमलाई संयोजकबाट निष्कासित गरेर विज्ञप्ति मार्फत यसको जानकारी दिएका थिए । यससँगै चार पार्टीैको बैठकले संयोजक चयन गर्दै असार ११ मा बनेको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समिति समेत घोषणा गरेको जानकारी दिएका थिए ।