डाेल्पा,उपल्लाे डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिका १ पुरूष र २ महिलालाइ काइके गाउँपालिकाका केहि युवाहरूले कुटपिट पछि अपहरण गरेका छन् । कृषी याेजनाकाे भुक्तानी लिन धाे तारापबाट सदरमुकाम दुनै जाने क्रममा नाेर्वु थिङ्ले लामा,डाेल्मा लामा र गर्भवती महिला लुजुड्ग गुरूङलाइ काइकेका युवाहरूले पाल्चा खाेला भन्ने ठाउँमा कुटपिट गरेर अहिले अपहरणमा लिएकाे खवर नाेर्वुले गरेकाे धाे का स्थानीय क्याल्पाे थापा भाेटेले जानकारी दिए ।
काइेका युवाहरू अमित राना र पाल्जाेर राेकाया सहित ८ देखि ९ जना युवाहरूले कुटपिट गरेर अहिले अपरण गरेकाे र सदरमुकाम गए मुद्दा हाल्न सक्ने भन्दै उनीहरूलाइ धाे ताराप नै पर्काउन लागेकाे जानकारि प्राप्त भएकाे भाेटेले बताए । कुटपिटबाट सक्त घाइते भएकाे र अपहरणमा परेकाेले छुटाइदिन नार्वुले म्यासेज मार्फत हार गुहार गरिरहेका छन् । धाे कै मान्छेले उनीहरू अाएकाे सुराक लगाएकाे र काइकेका युवाहरू दुनैबाट गएर विच बाटाेमै गएर कुटपिट सहित हत्याकाे प्रयास गरि अपहरणमा लगेकाे र ठुला नेताहरूले याेजना बनाएकाे ग्याल्पाे भाेटेकाे अाराेप छ ।
खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दुनैबाट प्रहरीकाे टाेलि घटनास्थल तर्फ लागेकाे र काइके चाैंकिबाट समेत प्रहरी बाेलाइएकाे जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रमुख निरञ्जन थापाले जानकारि दिए । जिल्ला प्रशासन कार्यालयमा अहिले अापतकालिन बैठक समेत बसेकाे छ । धो ताराप र काइके विच गत स्थानीय तहको निर्वाचन पछी विवाद बढेको छ । यो घटनाले दीर्घकालीन दुश्मनीमा दुबै भेगका स्थानीयलाई धकेलेको छ ।