spot_img

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित

spot_img

काठमाडौं, माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। प्रज्ञा भवन कमलादीमा बुधबार लागि बोलाइएको बैठक बिहीसम्मका लागि स्थगित भएको हो।अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’की स्वकीय सचिव गंगा दाहालका अनुसार बिहीबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माको सत्तारुढ दल र प्रमुख प्रतिपक्ष एमालेले राजीनामा र छानबीन गर्नुपर्ने माग राख्न थालेपछि बैठक थप पेचिलो बन्दै गएको छ। शर्माले एकपछि अर्को विवादित कदम चालेको भन्दै छानबिन गर्नुपर्ने माग पार्टीभित्र पनि उठेको छ। कांग्रेसका नेताहरूले गम्भीर आरोप लागेका अर्थमन्त्री शर्मालाई बचाउन नहुने भन्दै पार्टीलाई जनताको नजरबाट गिर्न नदिनेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। कांग्रेस प्रवक्ता महतले कसैलाई पनि कानुन र जिम्मेवारीभन्दा बाहिर जाने छुट नभएको बताए। वास्तविकता र यथार्थताको आधारमा प्रधानमन्त्रीले यो विषयमा छिट्टै निर्णय दिने महतले बताए।

अर्थमन्त्री शर्माको कार्यशैलीका कारण पार्टी बदनाम हुने भन्दै केन्द्रीय तहका नेताहरुले सरकारबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दबाब दिन थालेका छन्। मंगलबार बिहानसमेत प्रचण्डले नेताहरु देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेललगायतका नेताहरुलाई खुमलटार बोलाएर अर्थमन्त्री शर्माको विषयमा छलफल गरेको स्रोतले बताएको छ।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा र राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सोमबार भने प्रदेश इन्चार्जहरुले पार्टीको पछिल्लो अवस्था र आगामी कार्यदिशाबारे धारणा राखेका थिए। सोमबारको बैठकमा माओवादी पार्टी कमजोर हुँदै गएको र एमालेसँग पुनः वाम एकता गर्नुपर्ने माग नेताहरुले गरेका थिए।पार्टी अध्यक्ष प्रचण्डले छलफलमा उठेका प्रश्नको जवाफ दिने सूची आज रहेको थियो।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img