spot_img

डोल्पामा किन बढिरहेका छन् सवारी दुर्घटना ? हालसम्म कतिकाे ज्यान गयाे, कति घाइते भए ? दुर्घटना कम गर्न किन जादैँन सराेकारवालाकाे ध्यान !

spot_img

                 

       रुपक यात्री 

डोल्पा, नेपाली सेनाको दशक लामो प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा २०७५ मा राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भयो । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी नगरपालिकाको सुपानीसम्म १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलपछी सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।
१ सय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा पहिलेनै नै ट्र्याक खोलिएको थियो । सदरमुकामसम्म सडकले छोएपछि डोल्पालीमा खुशीयाली छाएको थियो । खुशीहुनुको कारण थियो,डोल्पालीका सपना विपनामा परिणत भएको थिए । तर हिजो आजका दिनमा यातायातको पहुँचले सुविधा भन्दा सवारी दुर्घटनाकाे पीडाले डाेल्पालीलाइ सताउँन थालेकाे छ ।  केही पछिल्ला उदाहरण हेरोँ

२ दिनको अन्तरमा दुइ दुर्घटना

भदौँ २४ गते ट्रयाक्टर दुर्घटनामा परी ४ घाइते

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा भे.१त ९७८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भए । दुर्घटनामा परी घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका– १ का १६ वर्षीय हरि कठायत, सोही ठाउँका ३३ वर्षीय लोकमान श्रेष्ठ, १२ वर्षीय शक्तिमान कठायत र १६ वर्षीय कृष्ण सार्की गम्भिर घाइते भए । चालक हस्तबहादुर परियार सामान्य घाइते भएका थिए । प्रहरीले अनुसन्धान पश्चात चालकको लापर्वाहिका कारण दुर्घटना भएको निष्कर्ष निकाल्यो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारकाले चालककै लापर्वाहिका कारण दुर्घटना भएको दावी गरे । उनले भने घाइतेको उपचार जारी छ ।

भदौँ २२ गते दुर्घटना हुँदा ५ जना घाइते

यस्तै भदौँ २२ गते त्रिपुरासुन्दरी नगरपालिका कै वडा नं ६ मा लु १ ज ४२२९ नं को जीप दुर्घटना परेको थियो । दुर्घटनामा परेर ५ जना घाईते भएका थिए । घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २४ का चालक रामबहादुर रोकाय,सोही स्थानका बर्ष २५ का सवारी धनी नरबहादुर रोकाय,वडा नं ६ बस्ने लोकचन्द्र बिक,सोही ठेगानाका बर्ष २६ कि हिरा बिक र बर्ष २५ कि मिना पुन थिए । उनीमध्ये ३ जनाको अंगभंग हुनुका साथै गम्भिर घाइते भए । दुर्घटनाको मुख्य कारण थियो,सडकको अवस्था । सडकको दुर्दशाका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष थियो ।

२०७५ कार्तिकमा भएकाे थियाे डाेल्पामा भएकाे थियाे सबैभन्दा ठुलाे दुर्घटना

डोल्पामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु, २ जना घाइते भएका थिए ।  सदरमुकाम दुनैबाट  सुपानी तर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका–९ कालागौडा भन्ने स्थानमा दुर्घटना भएको थियाे ।  जिप सडकबाट करिब पन्ध्र मिटर तल ठुलीभेरी नदीमा खसेको थियाे। दुर्घटनाकाे मुख्य कारण थियाे चालककाे लापर्वाही र अाेभरलाेड ।

यी त केवल पछिल्ला केही उदाहरण मात्रै हुन् ,डोल्पामा २ वर्ष ६ महिनामा कति दुर्घटना भए ? कतिको ज्यान गयो हेरौँ एक तथ्याङ्कः

तथ्याङ्क स्राेतःजिप्रका डाेल्पा

जिल्पा प्रहरी कार्यालय डाेल्पाकाे याे तथ्याङ्कलाइ अाधार मान्नेहाे भने डाेल्पामा २ वषर् ६ महिनामा २१ सवारी दुर्घटना भएका छन् । दुघर्टनामा परी हालसम्म २३ जनाकाे ज्यान गएकाे छ भने ३९ भन्दाबढी घाइते भएका छन् । दुर्घटनाहरू बढीरहेकाे तथ्याङ्कबाट स्पष्ट हुन्छ । तर किन बढिरहेका छन् डाेल्पामा सवारी दुर्घटना ?

डाेल्पामा हुने अधिकांस दुर्घटनामा चालककाे लापर्वाहीका कारण हुने गरेकाे प्रहरीकाे भनाइ छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार डाेल्पामा भएका दुर्घटना मध्ये सबैभन्दा धेरै दुर्घटना चालक कै लापर्वाहीका कारण हुने गरेकाे बताउँछन् । दुर्घटनाका कारणा हेर्दा २१ दुर्घटनामा १२ ठुला दुर्घटना चालककै लापर्वाहीले भएकाे प्रमुख रंञ्जितकारले जानकारी दिए । उनले भने ५ दुर्घटना सवारीकाे ब्रेक फेल भएका कारण भएकाेछ,यस्तै सडककाे अवस्थाका कारणा ४ दुर्घटना देखिन्छ । सवारी चालक अनुमति पत्र नलिएका अर्थात सिकारू चालककै कारणा ३ दुर्घटना भएका छन् ।

गल्ति आखिर कसकाे त ? 

दुर्घटनाका कारणलाइ नियाल्ने हाे भने प्रमुख कारण भनेकाे डाेल्पामा यातायात व्यवसारी र सवारी चालककाे मनपरी प्रष्ट हुन्छ । किनकी व्यवसायीले पुराना गाडि चलाएकै कारण ब्रेकफेल भएर दुर्घटना हुने गरेका छन् । यस्तै व्यसारीले मनपरी रूपमा भाडा असुली रहेका छन्,पुराना गाडि चलाइ राखेका छन् तर नीयमनकारी निकायकाे यसमा ध्यान गएकाे देखिदैँन । प्रहरी पनि मुखदर्शक बनेकाे देखिन्छ ,चालकहरूमा ट्र्राफिक नियमकाे पालना गराउँन नसक्नु प्रहरीकाे मुख्य कमजाेरी छताछुल्ल भएकाे छ । यस्तै भाडा दर देखि सडकमा अवस्थाबारे अनुगमन गर्न जिल्ला प्रशासनले अहिले सम्म पनि तदारूक्ता देखाएकाे छैन । व्यवसारी र चालककाे मनपरी जारी रहे निकट भविष्यका कारण दुर्घटना बढ्ने देखिन्छ । त्यसैले समयमै सबैकाे ध्यान जान जरूरी छ ।

 

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img