spot_img

शर्मामाथि छानबिन गर्न बनेको समितिको १० दिने काउन्ट डाउन आजबाट सुरू

spot_img

काठमाडौं, पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदको विशेष समितिको पहिलो बैठक मंगलबार बसेको छ।मंगलबार दिउँसो सिंहदरबारस्थित अर्थ समितिको हलमा समितिको बैठक बसेको हो।समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक सदस्य छन्। यो समितिमा नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत रहनेछन्।

यस्तै नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाका सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छानबिन समितिमा छन ।शर्माले अर्थमन्त्री हुँदा २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति लगेर करका दर हेरफेर गरेको आरोप छ।चर्को विरोध भएपछि उनले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

समितिलाई छानबिन गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले १० दिन छुट्याएका छन्। पहिलो बैठक बसेको १० दिनभित्र समितिले रिपोर्ट तयार पारिसक्नुपर्ने छ।आज बसेको पहिलो बैठकले को–कोसँग सोधपुछ गर्ने, सिसिटिभी फुटेज हेर्नेलगायत विषयमा छलफल गर्नेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img