spot_img

उपसभामुखको चुनाव शुक्रबार हुने

spot_img

काठमाडाैँ, प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदको चुनाव असार ३१ गते शुक्रबार हुने भएको छ।सभामुख अग्नि सापकोटाले असार ३१ गते चुनाव गर्ने गरि निर्वाचनको कार्यतालिका प्रकाशन गर्न प्रतिनिधि सभाका सचिव गोपनाथ योगीलाई निर्देशन दिएका हुन्।प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा उनले रिक्त रहेको उपसभामुख पदको चुनावको मिति तोकेका हुन्।

दुई दिन भित्रै उपसभामुखको निर्वाचन गर्ने सभामुखको तयारी अनुसार शुक्रबार  चुनाव हुने भएको हो।नेकपा एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ।सरकारले उपसभामुख चुनाव गर्नुको साटो संवैधानिक परिषद् सम्बन्धि विधेयक ल्याएपछि कांग्रेस भित्रैबाट विरोध भएको थियो।

ओली सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै कांग्रेसले त्यतिबेला उपसभामुख छान्न माग गरेको थियो। तर आफ्नो नेतृत्वमा सरकार बनेपछि संवैधानिक परिषद् ऐन संशोधन गर्ने विधेयकको बाटो समातेर उपसभामुख चयनमा नलागेको भन्दै कांग्रेस भित्रै विरोध भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img