काठमाडौँ, संसदमा विचाराधीन अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ संशोधनसहित अनुमोदन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहमत भएका छन्। सम्झौतामा राखिएका सर्त र कार्यान्वयन प्रकृयालाई लिएर यो परियोजना निकै विवादित रहिआएको छ।
शुक्रबार बस्न लागेको स्थायी कमिटी बैठकमा ओली र दाहालले सहमतिको प्रस्ताव राख्दैछन्। यो प्रस्तावमा एमसिसी संशोधन र अनुमोदन गर्न दुई नेता सहमत भएका हुन्। यसअघि पार्टीभित्र शीर्ष तहका नेताहरूबीच कुरा बाझिँदा एमसिसी अन्योलमा परेको थियो। प्रधानमन्त्री ओली पक्षका नेताहरू यो परियोजना जसरी पनि कार्यान्वयन गर्ने पक्षमा देखिएका थिए भने दाहालले अनूकुलताअनुसार आफ्नो धारणा राखिरहेका थिए।
नेकपामा सहमति प्रस्ताव ः ओलीलाई सरकार, प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार (पूर्णपाठ) एमसिसीको विषयमा नेताहरुबीचको चर्किएको विवाद सो पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठकमा समेत छताछुल्ल भएको थियो। स्थायी कमिटी बैठकमा चर्को विवाद भएपछि यसबारे निर्णय जिम्मा सचिवालयलाई दिइएको थियो। सचिवालयले एमसिसीबारे अहिलेसम्म कुनै छलफल नै गरेको छैन।
‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ। उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो। कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ’ अध्यक्षद्वयले तयार पारेको सहमति प्रस्तावमा लेखिएको छ। एमसीसीको मन्द बिष ः अमेरिकाको नियत बुझौं, आगत सोचौं ‘मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफलपछि उक्त सम्झौतालाई राष्ट्र्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने’ भनिएको छ।
एमसिसी संशोधन सहित अनुमोदन गर्न प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमति जुटेपनि शुक्रबार (भोलि) बस्ने स्थायी कमिटीको बैठकले निर्णय गर्ने भएको छ। एमसीसीबारे ओली(दाहालको प्रस्ताव नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ। उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो। कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ।
मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सो सम्वन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने। उक्त सम्झौतालाई राष्ट्र्रिय हितमा स्पष्ट पार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने । यसअघि प्रधानमन्त्री ओलीले कुनै संशोधन नै तगरी एमसिसीलाई संसदबाट पारित गराउन चाहेका थिए। तर, अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु संशोधनबिना अघि बढाउन नहुने अडानमा थिए।