spot_img

डोल्पाका स्थानीय तहमा मात्रै करिव १९ करोड बेरूजुः काइके गाउँपालिकाकाे सबैभन्दा कम बेरूजु,दाेस्राेमा जगदुल्ला। ( प्रतिवेदन अंससहित )

spot_img

रूपक कुलाल,डोल्पा

डोल्पा जिल्लाका स्थानीय तहमा मात्रै करिव १९ कराेड रकम बेरूजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा डोल्पाका ८ स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नगरपालिकाको लेखापरीक्षण बक्यौता रहेको जनाएको छ । डाेल्पाकाे काइके र जगदुल्ला गाउँपालिका बाहेक अन्य स्थानीय तहहरूकाे बेरूजु हेर्दा अवस्था चिन्ताजनक छ । रमकमा मुड्केचुला र प्रतिशतमा डाेल्पाेबुद्दमा सबैभन्दा धेरै बेरूजु देखिएकाे छ ।

महालेखाको प्रतिवेदन अनुसार डोल्पामा सबैभन्दा धेरै मुड्केचुला गाउँपालिकाकाे करिव ६ करोड सहित पहिलो नम्वरमा देखिएको छ,बेरूजु प्रतिशत भने ९.९७ रहेको छ भने प्रतिशतमा भने दाेस्राे नम्वरमा छ । यस्तै दोस्रो नम्वरमा ठुलीभेरी नगरपालिकाकाे ४ कराेड ७० लाख बेरूजु छ भने ४.६२ प्रतिशत सहितमा भने तेस्राे स्थानमा छ । यस्तै डोल्पोबुद्द गाउँपालिकाको ४ कराेड ३६ लाख बेरूजु सहित तेस्राे नम्वरमा छ तर १२.४० प्रतिसतमा भने पहिलाे नम्वरमा नम्वरमा छ । चाैंथाे नम्वरमा रहेकाे छार्काताङसाेङ गाउँपालिकाकाे १ कराेड ३६ लाख र ३.०६ प्रतिशत बेरूजु रहेकाे छ । पाचाैं नम्वरमा रहेकाे शे फाेक्सुण्डाेकाे १ कराेड २३ लाख र प्रतिशतमा २% मात्र बेरूजु छ ।

डाेल्पामा काइके र जगदुल्ला गाउँपालिकाकाे बेरूजु मात्र सन्ताेष जनक देखिएकाे छ । जिल्लामा सबैभन्दा कम काइके गाउँपालिकाकाे नाममा ६८ लाख ४० हजार र प्रतिशतमा १.१० मात्र बेरूजु छ । गत वर्ष ४ कराेड भन्दा धेरै बेरूजु भएकाे काइकेले यस वर्ष उत्कृष्ट कार्यसम्पादन मार्फत सबैभन्दा कम बेरूजु भएकाे पालिकामा पर्न सफल भएकाे छ ।

यस्तै जगदुल्ला गाउँपालिकाकाे पनि ७३ लाख ४४ हजार प्रतिशतमा १.१८ प्रतिशत मात्र बेरूजु छ । विगत ५ वर्षमा जिल्लाकै उत्कृष्ट रहेकाे जगदुल्ला गाउँपालिका यस वर्ष भने दाेस्राे स्थानमा थाेरै कमले देखिएकाे छ । उत्कृष्ट कार्यसम्पादन यस पालिकाकाे पनि निरन्तर गरिरहेकाे छ ।

नेपालमा बेरूजुलाइ भ्रष्ट्राचारकाे मुख्य अाधार मान्ने गरिएकाे छ तर पछिल्लाे समय धेरै याेजना क्रमागत भुक्तानी दिन बाँकी याेजनाकाे रकम पनि बेरूजुमा पर्ने भएकाेले भष्ट्राचार भन्न नमिल्ने पनि बलियाे तर्क हुन थालेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img