spot_img

आयुर्वेद स्वास्थ्य केन्द्र डाेल्पाद्वारा ३ वटा स्थानीयतहहरूमा स्थानीय नागरिक आराेग्य समिति गठन

spot_img

डाेल्पा,आयुर्वेद स्वास्थ्य केन्द्र डाेल्पाले जिल्लाका ३ वटा स्थानीयतहहरूमा स्थानीय नागरिक आराेग्य समिति गठन गरेकाे हाे । जिल्लाका जगदुल्ला गाउँपालिकामा उपाअध्यक्ष अमृता लामाकाे अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरेकाे,यस्तै मुड्केचुला गाउँपालिकामा पालिका अध्यक्ष दत्तवहादुर शाहीकाे नेतृत्वमा ७ सदस्यीय समिति र त्रिपुरासुन्दरी नगरपालिकामा नगर प्रमुख जुनतन्द्र राेकायाकाे नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेकाे आयुर्वेद स्वास्थ्य केन्द्र जिल्लाका प्रमुख दिपेन्द्र उपाध्यायले जानकारि दिए । जिल्लाका अन्य पालिकामा अर्काे वर्ष समिति विरूतार गरीने प्रम्रख उपाध्यायकाे भनाइ छ ।

जिल्लामा पछिल्लाे समय आयुर्वेद चिकित्सा सेवा प्रति आकर्षण बढ्दै गएकाे छ । जिल्ला सदरमुकाम दुनैमा रहेकाे आयुर्वेद स्वास्थ्य केन्द्रबाट हरेकदिन जसाे सेवा लिनेकाे चाप बढ्दाे छ । गत आर्थिक वर्षबाट मात्रै जिल्ला स्वास्थ्य कार्यालयबाट टुक्रिएर अलग्गै स्थापना भएकाे १ वर्षमै आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तारमा उलेख्य प्रगति हाशिल गरेकाे छ ।

आयुर्वेद केन्द्र प्रमुख उपाध्यायका अनुसार कार्यालयबाट तल्लाे डाेल्पामा पर्ने जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका,काइके गाउँपालिका र ठुलीभेरीकाे हकमा दुनैमा रहेकाे कार्यालय मार्फत सेवा कार्यालयहरू मार्फत सेवा प्रवाह भइरहेकाे आले जानकारी दिनुभयाे । प्रमुख उपाध्यायले थपे “यसै आर्थिक वर्षबाट उपल्लाे डाेल्पामा पर्ने छार्काताङसाेङ,डाेल्पाेबुद्द सहित शे फाेक्सुण्डाेमा समेत सेवा प्रवाह गर्ने उदेश्य छ”।

निःशुल्क उपचार सेवा,निःशुल्क ल्याब सेवा,पाइल्सको क्षारशुत्र बिधिद्वारा निःशुल्क सल्यक्रिया,दुध चुसाइरहेकी आमाहरुलाइ दुध बढाउने औषधिहरु निःशुल्क बितरण सेवा,जेष्ठ नागरिकलाइ रसायन औषधि निःशुल्क बितरण सेवा,पन्चकर्म सेवा लगाएतका थुप्रै सेवा प्रदान गर्दै आएकाे आयुर्वेद  प्रमुख उपाध्यायकाे भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img