spot_img

सीसीटीभीको गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुन्छ, ज्ञवाली

spot_img

काठमाडाैँ,  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले दबाब, प्रभाव र स्वार्थमा नपरि छानबिन गर्ने बताउनु भएको छ ।काठमाडाैँमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले छानबिनका क्रममा यो घटनालाई तोडमोड गर्न नदिने पनि दाबी गर्नुभयो ।

आर्थिक वर्ष २०७९÷०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिइ करको दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन हुने उहाँको भनाइ छ ।तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुभएको थियो । यस्तै, एमाले नेता ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाउनु भएको छ । उहाँले कालो धनलाई सेतो बनाउनकै लागि अहिले गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाउने काम भइरहेको दाबी गर्नुभएको हो ।

ज्ञवालीले आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर देश गइरहेको पनि दाबी गर्नुभयो । उहाँले बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम नागरिकको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्न नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो ।सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको समेत आरोप लगाउनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img