spot_img

जव अख्तियारले १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि एक खरिदारले आत्महत्या गरे तर अदालतबाट पाए सफाइ

spot_img

काठमाडाैँ,अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू. १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका एक खरिदारले अदालतबाट सफाइ पाएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी रामहरि सुवेदी (४७) ले गत वर्ष, ६ असोज २०७६ मा आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरे।

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा सेवाग्राहीबाट रू. १ हजार घुस लिएको आरोपमा उनलाई अख्तियारले २२ साउनमा पक्राउ गरेको थियो। मालपोत कार्यालयको सीसीटीभी फुटेज विश्लेषण गर्दा कृष्णप्रसाद घिमिरेबाट रू. १ हजार घुस लिएको भन्दै उनलाई अख्तियारले हाजिर हुन कार्यालयमा बोलाएको थियो।

२२ साउनमा हाजिर हुन पुगेका उनलाई अख्तियारले ४२ दिन हिरासतमा राखेको थियो। ३१ भदौमा विशेष अदालतले धरौटीमा रिहा गरेपछि त्यसको एक साता नबित्दै उनले भ्रष्टाचारी भनेर भएको यो अपमान सहन नसकेर आत्महत्या गरेका थिए।

यो मुद्दाको सुनुवाइ गर्दै ३० असार २०७७ मा विशेष अदालतले घुस खुवाएको अभियोग लागेका घिमिरेलाई सफाइ दिने फैसला गरेको छ। पूर्णपाठ तयार भए पनि सार्वजनिक भइनसकेको उक्त फैसला उद्धृत गर्दै विशेष अदालत स्रोतले भन्यो, “सबै तथ्य प्रमाण केलाउँदा मृतक सुवेदीले पनि सफाइ पाउने देखिए पनि उनको मृत्यु भइसकेकाले उनका हकमा मुद्दा खारेज हुने ठहर भएको छ।“

न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिने फैसला गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३३ मा कुनै मुद्दाको अभियुक्त वा प्रतिवादीको मृत्यु भएमा त्यस्तो मुद्दा खारेज हुने व्यवस्था छ। त्यही व्यवस्थाअनुसार सुवेदीका हकमा मुद्दा खारेज हुने अदालतले फैसला गरेको हो। “सुवेदीको हकमा मुद्दा खारेज गर्ने फैसला भए पनि इजलासले अदालतमा पेश भएका तथ्य र प्रमाणका आधारमा उनले सफाइ पाउने देखिएको उल्लेख गरेको छ“, विशेष अदालत स्रोतले भन्यो।

उक्त फैसलामा सुवेदीले घुस लिएको भनेको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति उक्त कार्यालयका सेवाग्राही भएरनभएकोबारे अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको उल्लेख छ।

“जुन प्रयोजनका लागि रकम दिएको भनिएको छ, त्यो काम खरिदार सुवेदीले गरिदिने काम थियो कि थिएन भन्नेसमेत अख्तियारले उल्लेख गर्न सकेको छैन“, फैसलाको अंश उद्धृत गर्दै विशेष अदालत स्रोतले भन्यो, “अभियोगपत्रमा अन्य सेवाग्राहीको सामुन्नेमा घुस लिएको सीसीटीभीमा देखिएको उल्लेख गरिएको छ तर, त्यो देखेका मानिस को हुन् ? र उनीहरूले के देखेका थिए भन्नेबारे अख्तियारले उनीहरूको कागज गराएको समेत देखिएन।“

घुस दिएको अभियोग लागेका घिमिरेले सफाइ पाउनुको अर्थ उनले सुवेदीलाई घुस दिएका होइनन् भन्ने हो। यो मुद्दामा विशेष अदालतले मुद्दाको विषयवस्तुमै प्रवेश गरेर सुवेदीले सफाइ पाउने देखिएको उल्लेख गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि यसअघि पनि अदालतले थुप्रैपटक प्रश्न उठाएको थियो। यो घटनाले अख्तियारले कतिसम्म हचुवाका भरमा मुद्दा दायर गर्दो रहेछ भन्ने उजागर गरेको छ। कमजोर अनुसन्धानको भरमा दायर भएको मुद्दाका कारण मानिसको ज्यान नै गएपछि भने अख्तियार र त्यहाँका अनुसन्धान अधिकृतको क्षमतामाथि अझ गम्भीर प्रश्न उठेको छ। साभार हिमालखवर पत्रिकाबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img