spot_img

ललितपुर नगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती गर्ने

spot_img

काठमाडाैँ, ललितपुर महानगरपालिकाको नगर प्रहरीको ’क्विक रेस्पोन्स टोली’ले विद्युतीय स्कुटरमार्फत गस्ती गर्ने भएको छ । महानगरले एक कार्यक्रममार्फत आजदेखि गस्तीका लागि पाँच वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।

महानगरवासीका समस्या तत्काल समाधान गर्ने उद्देश्यले विद्युतीय स्कुटर सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आउँदो दिनमा किन्ने सबै गाडी विद्युतीय हुने घोषणा पनि गर्नुभएको छ ।

उहाँले क्विक रेस्पोन्स टोलीलाई महानगरभित्र तत्काल केही समस्या पर्दा जान सजिलो होस् भनेर स्कुटर सञ्चालनमा ल्याइएको बताउनुभयो ।’पाटन सहर २४ सै घण्टा सुत्दैन’ भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्त्व पनि त्यत्तिकै हुने भएकाले सीसीटीभी जडानको काम भइरहेको उहाँले बताउनुभयो ।

यस्तै महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने तयारी गरिरहेको मेयर महर्जनले बताउनुभयो । उहाँले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्ड विपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने जानकारी दिनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img