काठमाडौँ, आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको भाउ छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ ।
हिजोको तुलनामा आज १ हजार रुपैयाँले घटेको हो । हिजो छापावाल सुनको भाउ ९४ हजार र तेजाबी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ थियो ।यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँका दरले कारोबार भइरहेको छ ।