spot_img

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको म्याद ७ दिन थपियो

spot_img

काठमाडाैँ,  पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप भएको छ ।सभामुख अग्नि सापकोटाले म्याद थपका लागि राखेको प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ । यसअघि समितिलाई १० दिनका लागि दिएको समय भोलि शुक्रवार सकिँदैछ । तोकिएको समय सीमाभित्र समितिले काम पूरा गर्न नसकेपछि सभामुखले सात दिनको समय थप गर्नुभएको छ ।

संसदीय समितिले आजसम्म पूर्वमन्त्री शर्मासहित, सचिव, सहसचिव, बजेट निर्माणमा संलग्न कर्मचारी, राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, पहिलो पटक समाचार लेख्ने पत्रकार लगायतसँग बयान लिएको छ । तर समितिले अहिलेसम्म बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्ने काममा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला पार्न सकेको छैन ।

पूर्वअर्थमन्त्री शर्मामाथि २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । छानबिन समिति गठन भए पछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img