spot_img

भक्तपुरमा रुख ढल्दा बस र स्कुटरमा सवार ३ जनाको मृत्यु

spot_img

भक्तपुर, भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ ।ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नं को यात्रु बाहक बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं का स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ ।

घटनामा अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको र दुईजनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन्।घाइतेहरुको युवामोरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाणले घाइतेहरुको उद्दार गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img